विश्वासको मत नपाउँदै कम्युनिस्ट सरकारको बबाल हर्कत, कर्मचारीहरूभित्र खैलाबैला
काठमाडौं । कम्युनिस्ट सरकारले सचिवहरूको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानून, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ । अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । अर्थ सचिवमा वाणिज्य सचिव तोयम रायलाई ल्याइएको छ ।
रायलाई अर्थमा सरुवा गरेर खाली भएको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनीलाई लगिएको छ ।
राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर आयोगका सचिव रामप्रसाद घिमिरे ल्याइएको छ ।
प्रधानमन्त्री कार्यालयका कानूनतर्फका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालय लगेर कानून सचिव उदयराज सापकोटा ल्याइएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया