विश्वासको मत नपाउँदै कम्युनिस्ट सरकारको बबाल हर्कत, कर्मचारीहरूभित्र खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारले सचिवहरूको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानून, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ । अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । अर्थ सचिवमा वाणिज्य सचिव तोयम रायलाई ल्याइएको छ ।

रायलाई अर्थमा सरुवा गरेर खाली भएको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनीलाई लगिएको छ ।

राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर आयोगका सचिव रामप्रसाद घिमिरे ल्याइएको छ ।

प्रधानमन्त्री कार्यालयका कानूनतर्फका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालय लगेर कानून सचिव उदयराज सापकोटा ल्याइएको छ ।

Published : Thursday, 2023 January 5, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया