दाहाललाई भेट्न ओली दौडेर पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेका छन् ।
मंगलबार साँझ ओलीले बालुवाटारमा पुगेर दाहालसँग भेट गरेका हुन् । ओली उच्चस्तरीय राजनीतिक समितिका संयोजक पनि हुन् ।
भेटमा के–के कुरा भएको थियो । दाहाल र ओलीले केही भनेका छैनन् ।
यद्यपि, दाहालले सरकारले विश्वासको मत लिन लागेको विषयमा ओलीसँग परामर्श गरेको बुझिएको छ ।
दाहाल र ओलीबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ । ओलीले दाहाललाई राष्ट्रिय महत्वका निर्णय गर्दा परामर्श गरेर मात्रै निर्णय लिन सुझाव दिएको बुझिएको छ ।
Published : Tuesday, 2023 January 3, 9:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया