नेपाली सेनाका जर्नेल शाही पक्राउ
काठमाडौं । अनिवार्य अवकाशमा जान लागेका दुई तारे जर्नेल (उपरथी) प्रेमप्रकाश शाहीलाई अनुशासनहीन काम गरेको आरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन् ।
शाही १५ दिनदेखि विदामा थिए । प्रवक्ता भण्डारीले अनुशासन सम्बन्धी छानबिनमा उपरथी शाहीलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
सैनिक मुख्यालयले पुस ४ गते उपरथी शाही सेवानिवृत्तको अवकाशपत्र बोकेर बाहिरिएका थिए ।
निरीक्षणाधिकृत विभागका प्रमुखसमेत रहेका उपरथी शाहीले उपरथीको ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका थिए ।
शाही एक वर्षअघि नै जंगी अड्डाले जबर्जस्त अवकाशको पत्र थमाएको भन्दै असन्तुष्ट थिए । अवकाश जाँदा १५ दिनअघि बिदामा बस्नुपर्ने भएकाले शाही पुस ५ गते घर फर्किएका हुन् ।
शाहीको नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिको अन्तर फरक थियो । उपरथी शाहीले शैक्षिक प्रमाणपत्रका आधारमा पुस २० गते अवकाश पाउनेछन् ।
शैक्षिक प्रमाणपत्रमा उनको जन्म मिति २० पुस २०२२ छ । सोही कागजात उपरथी शाहीले सेनाको जागिर खाँदा पेस गरेका थिए ।
२०४३ सालको भदौ १६ गते शाहीको नागरिकतामा भने एक वर्ष कम २२ पुस २०२३ छ । नागरिकतामा भएको उमेरका कारण आफ्नो कार्यकाल अझै एक वर्ष हुनुपर्ने उपरथी शाहीको दाबी थियो ।
शाहीले नागरिकताका आधारमा कायम गरी पाऊँ भन्दै निवेदनसमेत दिएका थिए । उपरथी शाही अवकाशको पत्र बुझेर पनि ७ पुसमा फेरि सेवाअवधि एक वर्ष बाँकी रहेको दलिल पेस गरेर अन्तरिम आदेशको मागसहित सर्वोच्च पुगेका थिए । सर्वोच्चले शाहीको मागअनुसार नै अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले पुस १३ गते तत्काल उपरथी शाहीलाई जङ्गीअड्डाले पुस ४ गते थमाएको अवकाश पत्र कार्यान्वयन नगर्नू नगराउनू भन्ने आदेश दिएको थियो ।
आदेशपत्र बोकेर मंगलबार फेरि जङ्गीअड्डा छिरेका उपरथी शाहीलाई सैनिक अदालतको कठघरामा उभिनुपरेको छ । मंगलबार सैनिक मुख्यालयले शाहीमाथि केही बुझ्नुपर्ने भन्दै आन्तरिक नजरबन्द गरेको छ । उनी सैनिक हिरासतमा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया