तर्क गरेर कम्युनिस्ट सिध्याउने हैसियत राख्ने लेखकलाई देउवाले दिए विशेष जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रामेश लेखकलाई मुख्य सचेतक पदमा नियुक्त गरेका छन् ।
देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति जारी गरेर लेखकलाई मुख्य सचेतक पदमा नियुक्त गरिएको जनाएका छन् ।
देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको मुख्य सचेतक पदमा लेखकलाई नियुक्त गरेका हुन् ।
संसदको बैठक सुरु हुनुभन्दा केही दिन अगाडि देउवाले लेखकलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् ।
कञ्चनपुर जिल्लाबाट प्रतिनिधि सभाको सांसद पदमा निर्वाचित भएका लेखक पूर्व मन्त्री पनि हुन् ।
कानूनका जानकार लेखक कम्युनिस्टसँग तर्क गरेर हराउन सक्ने क्षमता राख्छन् । लेखक कम्युनिस्टप्रति निकै अनुदार नेता मानिन्छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया