ज्योतिष रुद्रनाथ अधिकारी काठमाडौंमा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ ।
प्रहरीले अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी टोलीले अधिकारीलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।
उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउपछि अधिकारीलाई डिभिजन वन कार्यालय काठमाडौं पेश गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् ।
‘दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा रुद«नाथ अधिकारी पक्राउ परेका छन्’, प्रवक्ता एसपी कोइरालाले भने, ‘थप अनुसन्धानका लागि उनलाई डिभिजन वन कार्यालय पठाइएको छ ।’
डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमा पक्राउ पुर्जी जारी गरेको थियो ।
ज्योतिष अधिकारी फरार रहँदै आएका थिए । प्रहरीले गत कात्तिक २१ गते ठमेलस्थित पदमा संग्रौलाले सञ्चालन गरेको होटल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो ।
घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्रोलालाई त्यही दिन पक्राउ गरेको थियो ।
अधिकारी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
अधिकारी चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्यूबमार्फत सर्वसाधरणको कर्म र भाग्य सम्बन्धमा भाविश्यवाणी गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया