वीपीसँग भारतबाट को–को फर्किएका थिए स्वदेश ?
काठमाडौं । नेपाली कांग्रेसले वीपी कोइरालाको स्मरणमा ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस मनाउँदै छ ।
कांग्रेसले हरेक वर्ष पुसको १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । वीपी मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् ।
कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूले मेलमिलाप दिवसका अवसर विभिन्न कार्यक्रमहरू गरेर मनाउँदै छन् ।
आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला वीपीले राष्ट्रियताको भावना बोकेर भारतबाट स्वदेश फर्किएका थिए । वीपीले राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ ।
वीपी कोइराला विक्रम संवत २०३३ पुस १६ गते सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायतका नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनीहरूले करिब ८ वर्ष लामो भारतको निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका हुन् ।
विक्रम संवत २०१७ पुस १ गतेको तत्कालीन राजा श्री ५ महेन्द्र वीरबिक्रम शाह देवको शाही ‘कु’पछि वीपीलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
वीपीलाई सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
विक्रम संवत २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि वीपी उपचारका लागि भारत पुगेका थिए ।
जहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै वीपी, गणेशमानलगायतलाई फेरि सुन्दरीजलको बन्दी बनाएर राखिएको थियो ।
चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्राहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए।बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासंग्रह प्रकाशन भएको थियो ।
कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिएका छन् ।
२०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया