कांग्रेसको प्रदेश १ मा थापा दलको नेतामा निर्वाचित, अर्यालले गुटको लाज बचाउन सकेनन्

काठमाडौं । प्रदेश नं. १ मा नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा उद्धव थापा विजयी भएका छन् ।

शुक्रबार विराटनगरमा भएको निर्वाचन प्रक्रियामा थापाले १८ मतसहित निर्वाचित भएका हुन् । थापा नेता कृष्णप्रसाद सिटौला निकटका मानिन्छन् ।

नेता शेखर कोइराला समूहबाट दलको नेता पदमा उम्मेदवार बनेका केदार कार्कीले ९ भोट पाएका छन् ।

सभापति शेरबहादुर देउवा निकटका अमृत अर्यालले २ भोट पाएका छन् ।

प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । तीमध्ये ११ जना देउवा पक्षका थिए ।

सिटौला पक्षमा ९ र कोइराला पक्षमा ९ जना सांसद छन् ।

सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा कोइराला पक्षका कार्कीले आफ्नो मत भने सुरक्षित गरेका छन् ।

अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मतसमेत पाएका छैनन् ।

अर्यालको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिए ।

Published : Friday, 2022 December 30, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया