कांग्रेसको प्रदेश १ मा थापा दलको नेतामा निर्वाचित, अर्यालले गुटको लाज बचाउन सकेनन्
काठमाडौं । प्रदेश नं. १ मा नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा उद्धव थापा विजयी भएका छन् ।
शुक्रबार विराटनगरमा भएको निर्वाचन प्रक्रियामा थापाले १८ मतसहित निर्वाचित भएका हुन् । थापा नेता कृष्णप्रसाद सिटौला निकटका मानिन्छन् ।
नेता शेखर कोइराला समूहबाट दलको नेता पदमा उम्मेदवार बनेका केदार कार्कीले ९ भोट पाएका छन् ।
सभापति शेरबहादुर देउवा निकटका अमृत अर्यालले २ भोट पाएका छन् ।
प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । तीमध्ये ११ जना देउवा पक्षका थिए ।
सिटौला पक्षमा ९ र कोइराला पक्षमा ९ जना सांसद छन् ।
सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा कोइराला पक्षका कार्कीले आफ्नो मत भने सुरक्षित गरेका छन् ।
अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मतसमेत पाएका छैनन् ।
अर्यालको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया