गगन–शेखर समूहको गुटको बैठक दुई ठूला नेताद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला समूहको गुटको बैठक बहिस्कार गरेका छन् ।

बुधबार काठमाडौंको बालुवाटारमा बसेको गगन–शेखर समूहको गुटको बैठकमा शर्मा र पौडेल अनुपस्थित भएका हुन् ।

संसदीय दलको चुनावमा शमा र पौडेलले थापालाई साथ दिएका थिए । उनीहरूले थापालाई मतदान गरेका थिए ।

गगन–शेखर समूहले आफूलाई गुटको बैठकमा नबोलाएको केन्द्रीय सदस्य पौडेलले बताएका छन् । नबोलाएको ठाउँमा पौडेल किन जाने भनेर नगएका हुन् ।

गगन–समूहको बैठकमा उप–सभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार, नेता चन्द्र भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 December 29, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया