गगन समूहबाट शीर्ष नेताहरूमाथि ‘साईबर अट्याक’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका नेताहरूविरुद्ध ‘साईबर अट्याक’ गराएको आरोप छ ।
गगनले आफूलाई समर्थन नगर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र नेता कार्यकर्ताविरुद्ध ‘साईबर सेना’ लगाएर चरित्र हत्या गर्ने कार्य गरेको आरोप लागेको छ ।
गगनलाई सर्मथन नगर्नेलाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेका स्टाटस र कमेन्ट देख्न पाइन्छ । तस्बिरहरूलाई तोडमरोड गरेर राख्ने गरिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई ‘र्याले देउवा’ भन्नेसम्मका निच टिप्पणी हुने गरेका छन् । देउवाको आलोचना गर्न पाइन्छ । राजनीतिक र नैतिक आचारणभित्र रहेर प्रजातान्त्रिक संस्कारमा रहेर आलोचना गर्दा हुन्छ ।
देउवा कांग्रेसको सभापति हुन् । देउवालाई कसैले टीका लगाएर पार्टी सभापति र संसदीय दलको नेता दिएको होइन । देउवाले जितेर आएका हुन् ।
गगनले युवा र पुस्तान्तरणको कुरा उठाएका छन् । उनको पुस्तान्तरण र युवाको नारा आफू मात्रै पदमा पुग्ने हो कि देश र जनता तथा कांग्रेसका लागि पनि केही गर्ने हो ?
अमेरिकामा राष्ट्रपति जो बाईडेन कति वर्षका छन् ? रुसका राष्ट्रपति भल्दमिर पुटिन कति वर्षका भए ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कति वर्षका हुन् ? यो कुरा महामन्त्री गगन थापा र उनका साईबर सेनालाई किन थाहा नभएको होला ?
१४औँ महाधिवेशनबाट देउवाले शानदार मतका साथ सभापति जितेर आएका हुन् । संसदीय दलको नेतामा पनि देउवाले दुईतिहाई बहुमत पाएर जितेका छन् ।
संसदीय दलको नेतामा पराजित भएका गगनले आफ्ना साईबर सेनालाई सम्झाएर राख्न जरुरी छ । होइन भने कांग्रेस झन् कमजोर हुन्छ । नेताहरूलाई गालीगलौज गरेर गगनको कदापि राजनीतिक उचाइँ बढ्दैन । बरु घट्छ । सबैलाई सम्मान र माया गर्न जान्नुपर्छ ।
गगन पनि कांग्रेसको महामन्त्री हुन् । उनी सामाजिक सञ्जालमा लोकप्रिय छन् । गगनका विरुद्ध पनि भोलिका दिनमा अर्को समूहले साईबर हमला गर्न थाल्यो भने के होला ?
एमालेका नेता महेश बस्नेतले पनि आफ्ना विरोधीलाई ठेगान लगाउन साईबर सेना बनाएका थिए । त्यही साईबर सेनाका कारण बस्नेतको हबिगती के भएको छ ? सबैका अगाडि स्पष्ट छ ।
कांग्रेस प्रजातान्त्रिक पार्टी हो । कांग्रेसमा नेताको आलोचना गर्न पाइन्छ । तर, स्वच्छ आलोचना गर्न पाइन्छ । व्यक्तिगत दुश्मनीमा उत्रिएर गालीगलौज गर्दा कसैको पनि इज्जत रहँदैन ।
गगनले पछिल्लो समयमा कांग्रेसका शीर्ष नेताहरूमाथि अलिक धेरै नै अट्याक गराएको भनेर आलोचना भइरहेका छन् । महामन्त्री गगन थापालाई पार्टी सभापति र संसदीय दलको नेता पद चाहिएको छभने विशेष महाधिवेशन बोलाएर देउवालाई हटाएर सभापति र संसदीय दलको नेता बन्न सक्ने लोकतान्त्रिक बाटो खुला छ ।
गगन आफै महामन्त्री हुन् । उनले चाहने हो भने विशेष महाधिवेशन बोलाउनका लागि तयारी गर्न सक्छन् । सामाजिक सञ्जाल र समाचारहरू लेखाएर आफूसँग असहमत नेता कार्यकर्तामाथि साईबर अट्याक गराउनुको कुनै तुक छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया