माघपछि प्रधानमन्त्री को ? राष्ट्रपति र सभामुखको चुनावलगत्तै प्रचण्डले धोका पाउने
काठमाडौं । राजनीतिक विश्लेषकहरूले राष्ट्रपतिको निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने चर्चा गर्न थालेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दाहाललाई सरकारमा नराम्रोसँग असफल बनाउने पनि चर्चा हुन थालेको छ ।
एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भनेर अन्तिम समयमा धोका दिएर दाहाललाई साथ दिएका थिए । ओलीको भरपर्दा कांग्रेसले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखसहित सबै पद गुमाएको छ ।
ओली राजनीतिमा निकै चतुर खेलाडी हुन् । दाहाललाई पनि समाप्त पार्न ओलीले राष्ट्रपति निर्वाचनलाई कुरेर बसेको चर्चा हुन थालेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओलीले नै देउवालाई धोका दिएको आरोप लगाएका छन् ।
ओलीको भर परेर देउवाले दाहाललाई धोका दिएपछि गठबन्धन भत्किएको नेपालले बताएका छन् ।
अधिवक्ता अमृत खरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माघमा राष्ट्रपति चुनावपछि यो सरकारको आयु सकिन्छ ।’
‘राष्ट्रपति र सभामुख भागबन्डामा पाइसकेपछि ओलीले दाहाललाई घिउबाट कमिला निकाले झैं मिल्काउने देखिन्छ ।’
उनले प्रश्न गर्दै भनेका छन्, ‘त्यसपछि को प्रधानमन्त्री बन्ला ?’
एमालेले १० वटा मन्त्रालय मागेको छ । अरु साना दलहरूले पनि धेरै मन्त्रालयहरू मागेका छन् ।
राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बबाल मच्चाउन थालेका छन् ।
लामिछानेले प्रधानमन्त्री दाहालसँग पहिलो मन्त्रिपरिषद बैठकमा नै विवाद गरेर प्रतिपक्षको भूमिकाको व्यवहार देखाएपछि विभिन्न खालका अड्कलबाजी भइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया