गठबन्धन र सरकारबारेमा देउवाले ठाउँमै सत्यकुरा बोल्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते शुक्रबारका लागि बोलाएका हुन् । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।
‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा हुनेछ ।
कांग्रेसलाई माओवादी केन्द्रले गठबन्धन तोडेर धोका दिएको विषयमा पनि छलफल हुनेछ ।
सभापति देउवाले गठबन्धन तोडिएको र कांग्रेस ठूलो पार्टी हुँदाहुँदै सरकार बनाउन नसकेको बारेमा केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन् ।
माओवादीले धोका दिएर गठबन्धन टुटेको विषयमा देउवा निकै चिन्तित छन् । देउवाले बाहिर बोलेका छैनन् । सबैभन्दा धेरै देउवालाई तनाब छ ।
सभापति देउवाले अरु नेता कार्यकर्ताले जस्तो हल्का टिप्पणी पनि गर्न मिल्दैन । उनले सार्वजनिक रुपमा पनि जथाभावी बोल्दैनन् ।
कम्युनिस्टहरूलाई फुटाएर, विभाजन गरेर कांग्रेसलाई ८९ सिटसहित प्रतिनिधि सभामा पहिलो पार्टी बनाएका देउवा पछिल्लो राजनीतिक अवस्थाबाट चिन्तित छन् ।
देउवाका विषयमा सामाजिक सञ्जाल र केही मिडियाहरूले जथाभावी लेख्ने कार्यहरू भइरहेका छन् । तर, देउवाले ती सबै कुराको स्पष्टीकरण बैठकमा राख्नेछन् ।
सरकार गठनका विषयमा भइरहेका कुराहरू लिक गर्ने, सार्वजनिक रुपमा जथाभावी बोल्ने, संसदीय दलको नेतामा पराजित हुनेवित्तिकै महामन्त्री गगन थापाले चेतावनी दिने नेताहरू पनि कांग्रेस नेतृत्वको सरकार बन्न नसक्नुमा मुख्य जिम्मेवार छन् । देउवाले अलिक धेरै जिम्मेवारी लिनुपर्ला तर, अरु पदाधिकारीहरू पनि कम दोषी छैनन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया