सत्ताकै लागि देउवाले के नाजायज सम्झौता गर्नुपर्ने हो ?
काठमाडौं । संविधान कार्यान्वयन गरेका नेपाली कांग्रेसका सभापति एवम् निर्वातमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताकै लागि तल्लोस्तरमा पुगेर सहमति नगरेर ठूलो काम गरेका छन् ।
देउवाले गठबन्धन बचाउन खोजेकै हुन् । देउवाले तत्कालीन समयमा प्रधानमन्त्री मागेर गएका पनि होइनन् । देउवालाई तत्कालीन गठबन्धनले जबरजस्ती प्रधानमन्त्री बनाएका हुन् ।
गठबन्धनबाट प्रधानमन्त्री बनेका बेला देउवाले कुनै पनि गलत कार्यहरू गरेका छैनन् । सानो आकारमा रहेको कांग्रेसलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा ठूलो दल बनाएका छन् ।
प्रतिनिधि सभामा देउवाले कांग्रेसलाई ८९ सिटमा पुर्याएका छन् । देउवाले ठूलो दल भएका कारण सरकारको नेतृत्व छाड्ने कुरा पनि हुँदैन थियो ।
ठूलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन खोज्नु देउवाले कुनै गल्ती गरेका छैनन् । सरकार बनाउनका लागि नाजायज सम्झौता गर्ने कार्य सभापति देउवाले गरेका छैनन् ।
देउवाले पहिलो दुई वर्ष आफू प्रधानमन्त्री बन्ने, त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने र अन्तिमको एक वर्ष नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रारम्भीक छलफलहरू भएका थिए ।
तेस्रो दलका अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्न प्रयास गर्नुलाई पनि कांग्रेसले गम्भीर रुपमा लिनैपर्छ ।
देउवाले प्रधानमन्त्री बन्नका लागि वा कांग्रेसलाई सत्तामा लैजानका लागि सहमति गरेको भए सत्ताका लागि देउवाले कांग्रेसलाई सिध्याए भनेर आलोचना हुने थियो । नाजायज सम्झौत नगरेर सत्ताकै लागि देउवाले राखेको अडानलाई देखाएर पार्टीभित्रकै विरोधी समूहले आलोचना गरिरहेको छ ।
नेपाली कांग्रेस पद्धति भएको पार्टी हो भन्ने विषयमा भ्रम छैन । कांग्रेसले मुलुकको हरेक शंकटमा नेतृत्वदायी भूमिका निर्बाह गरेको इतिहाँस छर्लङ्ग छ ।
२००७ साल, २०१५ सालको क्रान्तिकारी विकास आयोजनाको लागू गर्ने कार्य, २०४६ सालको जनआन्दोलन, शान्ति सम्झौता गरेर माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा ल्याएको कुरा, संविधान निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएका छन् ।
संविधान कार्यान्वयनको लागि आफू हारेर पनि २०७४ को निर्वाचन कांग्रेसले चुनाव गराएको छ ।
कांग्रेसले २०७९ को ऐतिहाँसिक निर्वाचन नै सफलतापूर्वक गरेको छ । देउवाकै नेतृत्वमा कांग्रेस ठूलो दल भएको छ ।
पक्कै पनि गठबन्धन मजबुद हुँदा कांग्रेसका नेता कार्यकर्ताले कल्पना गरेको आर्थिक सम्पन्नतातिर मुलुक जानेछ भन्ने थियो ।
यसका लागि गठबन्धनका सबै दलले नेपाली कांग्रेसलाई विश्वास गर्न जरुरी छ ।
मुलुक सम्पन्न बनाउन अझै एकता, सहमति र सहकार्यको आवश्यकता छ । राष्ट्रपति र पहिलो कार्यकालको लागि प्रधानमन्त्री नेपाली कांग्रेस, उप–राष्ट्रपति माओवादी र सभामुखमा एकीकृत समाजवादीको कायम गर्दा जनताको अभिमतको न्याय हुने थियो ।
संसदको सबैभन्दा ठूलो दलको सभापति एवम् दलको नेताले प्रधानमन्त्री चाहिन्छभन्दा कहाँ गल्ती भयो ? त्यसो भए जनमतको अर्थ के ? सरकार बनाउन हरेक नाजायज सम्झौता गर्नुपर्ने हो ? प्रतिपक्षमा बस्नुलाई हीनता सम्झनु हुँदैन । प्रतिपक्षमा बसेर सरकार र मुलुकलाई सहि दिशामा अगाडि बढाउन सकिन्छ । कांग्रेसले सत्ता नै सबै थोक मान्नु हुँदैन । विगतमा कांग्रेसले सत्तालाई सबैथोक मान्दा ठूलो मूल्य चुकाउनु परेका छन् ।
कांग्रेसले चाहने हो भने अहिले पनि प्रचण्डको सरकार ढल्न सक्छ । कांग्रेसका सभापति देउवाले त्यो अस्थिर खेल खेल्न चाहँदैनन् । देउवाले एक कार्यकाल प्रधानमन्त्री र सभापति बन्ने चाहना राखेका छन् । १५औँ महाधिवेशनसम्म देउवाले कांग्रेसलाई घाटा हुने कुनै पनि कार्य गर्ने छैनन् । उनका पछिल्ला कार्यले कांग्रेसलाई नोक्सानी हुने कार्य गरेका छैनन् ।
यही मौकामा देउवालाई कमजोर बनाएर पार्टीको नेतृत्व हत्याउन खोज्ने अवसरवादी समूहले स्याल हुँईय्या गरिरहेको छ ।
देउवाले साना दलहरूलाई समेत साथमा लिएर प्रचण्डको अहिलेको जस्तो अस्थिर सरकार बनाएको भए पनि देउवाको आलोचना त्यही स्वार्थी समूहले गर्ने थियो ।
हो, देउवाको आसपास रहेका आरजु राणा, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, ईश्वरी न्यौपाने, विमलेन्द्र निधि, चन्दा चौधरी, भुषण राणा, एनपी साउद जस्ता पात्रहरूका कारण कांग्रेस र देउवालाई नोक्सानी पुर्याउने पक्का छ । देउवाले आफूलाई साथ र सहयोग गर्ने युवा नेताहरूलाई साथमा लिएर जाँदा कांग्रेसलाई राम्रो हुनेछ ।
देउवाको सबैतिरबाट आलोचना भइरहेका छन् । देउवाले चाहेर मात्रै गठबन्धन टुटेको होइन । प्रचण्डको अस्थिरताका कारण टुटेको छ । देउवालाई सबै सूचना थियो । देउवा कच्चा खेलाडी होइनन् । सबै कुरा बुझेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया