कांग्रेसलाई छाड्नेवित्तिकै प्रचण्डले तोरीको फूल देख्न थाले
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेस छाडेर जानेवित्तिकै झट्का लाग्न थालेको छ ।
सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हैसियतभन्दा धेरै माग गरेर औकातमा ल्याइदिएका छन् । लामिछानले उप–प्रधान र गृहमन्त्री लिएर दाहाललाई निरिह बनाइदिएका छन् ।
प्रधानमन्त्री दाहालले सोमबारदेखि नै आफूलाई निकै कमजोर महशुस गर्न थालेका छन् ।
दाहालले आफ्नो सरकार टिकाउन पहिलो चरणमा नै तीन वटा उप–प्रधानमन्त्री बनाएका छन् । नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछानेलाई उप–प्रधानमन्त्री बनाएका छन् । दाहाललाई अझै कति वटा उप–प्रधानमन्त्री बनाउनु पर्ने हो थाहा छैन ।
लामिछानेले अझै उप–सभामुख र दुई वटा मन्त्रालयको माग गरेका छन् । दाहाललाई दवावमा राखेर पाउनेसम्मका पद लिन लामिछानेले रणनैतिक अभियान चलाउन अस्वभाविक होइन । दाहालले लामिछानेलाई महत्वपूर्ण गृह मन्त्रालय दिए ।
उता, एमालेले अर्को महत्वपूर्ण अर्थ मन्त्रालय लिएको छ । दाहालको हातमा अब भौतिक मन्त्रालय मात्रै परेको छ । दाहालले नारायणकाजी श्रेष्ठलाई भौतिक मन्त्री बनाएका छन् ।
यसअघि, दाहालले एमालेलाई प्रधानमन्त्री बन्ने सर्तमा राष्ट्रपति र सभामुख दिने सहमति गरिसकेका छन् । एमालेले सोमबार चार वटा मन्त्रालय लिइसकेको छ । एमालेले अझै ३ वटा मन्त्रालयमा दाबी गरिरहेको छ ।
दाहाललाई उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल (जसपा), तीन जना स्वतन्त्र लगायतलाई पनि मन्त्री दिनुपर्ने बाध्यता छ ।
सीके राउतको जनमत पार्टीले एउटा उद्योग मन्त्रालय लगिसकेको छ ।
माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा आयो भने दाहाललाई मन्त्रालय बाँडफाँटमा झन् समस्या हुनेछ ।
दाहालले सबै गुमाएर प्रधानमन्त्री बनेका छन् । कांग्रेससँग मिलेर सरकार बनाएको भए दाहाललाई धेरै तनाब हुने थिएन । उनले राजनीतिमा प्रधानमन्त्री बनेर सफलता पाए पनि कांग्रेसलाई छाडेका कारण ठूलो घाटा लागेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दाहाललाई सधैँ दवावमा राख्नेछन् । दाहाललाई सफल हुने ओलीले दिने छैनन् ।
उता, गृहमन्त्री लामिछानेले सरकारमा आफूले प्रतिपक्षको भूमिका खेल्ने भनेर दाहाललाई चेतावनी दिइसकेका छन् । लामिछानेले नै तोरीको फूल देखने गरेर दाहालको सातो लिनेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया