ओलीले प्रचण्डलाई बार्दलीमा ल्याएरै छाडे
काठमाडौं । करीव दुई वर्ष अगाडि बालकोटको बार्दलीमा पुगेका एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मिलन भएको छ ।
आइतबार ओलीले दाहाललाई बालकोटको बार्दलीबाट हातहल्लाउन लगाएका छन् । ओली र दाहालले एकसाथ बार्दलीबाट हात हल्लाएर आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्तालाई अभिवादन गरेका छन् ।
ओलीको निरंकुशताविरुद्ध नेपाली कांग्रेसको साथ लिएर ओलीलाई बार्दलीमा पुर्याएका दाहाल अन्तिम समयमा पुनः ओलीकै शरणमा पुगेर बार्दलीबाट हात हल्लाएका छन् ।
कांग्रेससँग प्रधानमन्त्री पहिला को ? बन्ने भन्ने विषयमा सहमति हुन नसक्दा दाहालले गठबन्धन तोडेर एमालेसँग मिलेर कांग्रेसलाई भित्तामा पुर्याइएका छन् ।
दाहालको रणनैतिक हर्कतले कांग्रेसले सबै पद गुमाएर विपक्षमा पुगेको छ । कांग्रेसले राष्ट्रपति, सभामुख तथा सबै प्रदेशका सरकार गुमाउन पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकार बनाउन सक्ने झिनो आशा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया