कांग्रेसलाई शक्तिशाली झट्का, दाहाल प्रधानमन्त्री, बालकोट पुग्यो शक्ति

काठमाडौं । एमालेले समर्थन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

आइतबार बालकोटमा बसेको एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति बनेको हो ।

दाहाल पहिलो साढे दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री बन्नेछन् ।

दाहालले आफू प्रधानमन्त्री बन्ने भएपछि एमालेलाई राष्ट्रपति र सभामुख दिन तयार भएका छन् ।

दाहालको नेतृत्वमा सरकार बनाउने सहमति भएको र साना अन्य दलहरूको समेत गर्दा १६६ सांसदको समर्थन जुटेको छ ।

प्रतिनिधि सभामा एमाले दोस्रो ठूलो दल हो । एमालेसँग ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका नेता अशोक राईले बलकोट पुगेर दाहालको सरकारलाई समर्थन गर्ने जनाइसकेका छन् ।

एमाले र माओवादीबीच कुरा मिलेपछि नेपाली कांग्रेस एक्लिएको छ । कांग्रेसले राष्ट्रपति र सभामुखसहित संवैधानिक सबै पदहरू गुमाएको छ ।

कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बनाउन नसकेपछि अब प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

Published : Sunday, 2022 December 25, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया