सर्लाहीको मदरसामा मुसलमानको ठूलो काण्ड, जिल पर्ने हर्कत
काठमाडौं । प्रहरीले सर्लाहीमा झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग गरेको अभियोगमा सर्लाहीको त्रिभुवननगर ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकी खसीवजारबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसेर मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ ।
उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया