सांसदहरूलाई कांग्रेसले बोलायो, के विषयमा हुनेछ छलफल ?
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनका बारेमा परामर्श गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरूको बैठक बोलाएको छ ।
शनिबार साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने वा अरु कुन प्रक्रियाबाट जाने भन्ने विषयमा पनि सरसल्लाह हुनेछ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ ।
गठबन्धन दलहरूका बीच सहमति हुन सकेको छैन । सहमति हुन नसकिरहेका बेला कांग्रेसले आफ्ना सांसदलाई बालुवाटारमा बोलाएको छ ।
सांसदहरूको सरसल्लाह र सुझावअनुसार कांग्रेसले भावी रणनीति बनाउनेछ । कांग्रेस ठूलो दल भएका कारण सरकारको नेतृत्व आफै लिनुपर्ने दवाव पनि छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया