डा.देवकोटा र डा.बाराकोटी अतिरिक्त सचिवमा बढुवा हुने पक्का
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त सचिवमा डा.विकास देवकोटा र डा.टंक बराकोटीलाई बढुवा गर्ने भएको छ ।
बुधबार बसेको बैठकले पाँच जनाको नाम टुंगो लगाएको उच्च स्रोतले जनाएको छ ।
उनीहरूमध्ये वरिष्ठताका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद् पठाइएको छ ।
वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका डा.श्रीकृष्ण श्रेष्ठ, डा.विकास देवकोटा र डा.टंक बराकोटीको नाम पठाइएको स्रोतको भनाइ छ ।
उनीहरूमध्ये दुई जनालाई अब बस्ने मन्त्रिपरिषदले १२औँ तहमा बढुवा गर्नेछ ।
सरकारले डा.विकास देवकोटा र डा.टंक बराकोटीलाई बढुवा गर्ने बताइएको छ ।
१२औं तहमा बढुवाका लागि २१ जनाले आवेदन दिएका थिए ।
१२औँ तहमा बढुवा हुन लागेका डा.विकास देवकोटा दाङ जिल्ला निवासी हुन् ।
Published : Thursday, 2022 December 22, 10:49 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया