दुईतिहाईले दलको नेतामा निर्वाचित हुनेवित्तिकै देउवा साथीलाई भेट्न अर्को साथी लिए पुगे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वथ्य रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पतालमा पुगेर अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

अध्यक्ष नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको चिकित्सकहरूले प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाललाई जानकारी गराएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री समेत रहेका सभापति देउवा संसदीय दलकोे नेता पदमा निर्वाचित भएका थिए ।

दलको नेतामा निर्वाचित हुनेवित्तिकै देउवाले गठबन्धनप्रति कांग्रेस ईमान्दार छ भन्ने सन्देश दिएका छन् ।

Published : Wednesday, 2022 December 21, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया