‘फलानो’ जस्तो अहँकारी छैनन् देउवा, कार्यकर्ताको मन छुने कुरा गरे
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलको नवनिर्वाचित नेता शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन् ।
सिंहदरबारमा बुधबार बिहान दलको नेतामा निर्वाचित भएपछि उनले पार्टीमा सबैलाई मिलाएर लैजाने अभिव्यक्ति दिएका छन् ।
देउवाले जितप्रति कुनै अहँकारपूर्ण अभिव्यक्ति दिएका छैनन् । उनले नम्र शैलीमा प्रतिक्रिया दिएर कांग्रेसका नेता कार्यकर्ताको मन जितेका छन् ।
उनले भने, ‘अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ । सबैलाई मिलाएर लैजान्छौँ ।’
सभापति देउवाले दलको निर्वाचनमा ६४ मतसहित विजयी भएका छन् ।
महामन्त्री गगन थापाले २५ मतसहित पराजित भएका छन् । देउवा ३९ मतको अन्तरमा विजयी भएका छन् ।
देउवाको यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
सभापति देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन् ।
देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए ।
देउवा छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन् ।
सभापति देउवा धेरै बोल्दैनन् । राजनीतिक कुटिलतामा अब्बल मानिन्छन् । गालीगलौजको राजनीति उनले रुचाउँदैनन् । अरुलाई पनि गाली गर्दैनन् ।
देउवालाई एक्सन नेताका रुपमा चिन्ने गरिन्छ । उनी गफ पनि धेरै गर्न जान्दैनन् ।
पार्टीका नेता कार्यकर्ता संरक्षण गर्न देउवा निकै माहिर मानिन्छन् । कार्यकर्ताको शक्तिका भरमा देउवा ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । जित र हारलाई उनले लोकतन्त्रको संस्कारका रुपमा लिने गरेका छन् ।
संसदीय दलको नेता पदको निर्वाचनका बेला महामन्त्री थापाले देउवा र उनका समर्थकविरुद्ध सामाजिक सञ्जाल तथा समाचारबाट थ्रेट दिएका थिए । आफ्ना आलोचकहरूलाई गगनले रुचाउँदैनन् । साईबर सेना लगाएर आफ्ना विरोधीलाई सिध्याउनै लाग्छन् । देउवामा त्यो चरित्र छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया