देउवा र गगनको पक्षमा को–को सांसद ? कसको जित सुनिश्चित ?
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता पदको निर्वाचनमा सभापति शेरबहादुर देउवाको जित सुनिश्चित देखिएको छ ।
बुधबार हुने मतदानमा देउवाले शानदार मतका साथ जित्नेछन् । देउवालाई उम्मेदवार गगन थापाले चुनौति दिएका छन् ।
कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेको छ । समानुपातिकमा कांग्रेसको ३२ सिट छ । कांग्रेसका सांसदहरूको कुल संख्या ८९ रहेको छ ।
सभापति देउवा निकटका २९ जनाले प्रत्यक्षमा सांसद जितेर आएका छन् । शेखर कोइराला र गगन थापा निकटका १८ जनाले निर्वाचन जितेका छन् ।
रामचन्द्र पौडेल र डा.शशांक कोइराला निकटका ६ जनाले जितेका छन् । प्रकाशमान सिंह निकटका ४ जनाले प्रत्यक्षमा जितेर आएका छन् । विमलेन्द्र निधिले पनि देउवालाई नै साथ दिनेछन् ।
देउवालाई रामचन्द्र पौडेल, डा.शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला (सिटौलाका समानुपातिक)ले साथ दिने बचन दिइसकेका छन् । यस्तो अवस्थामा देउवाले दुईतिहाई बहुमतका साथ जित्ने चर्चा पनि छ ।
सभापति देउवाको पक्षमा प्रत्यक्षका ३९ जना सांसद देखिएका छन् । समानुपातिकतर्फ पनि देउवाको संख्या ठूलो छ ।
समानुपातिकमा शेखर–गगन समूहका ९ जना मात्रै समानुपातिकका सांसद छन् ।
सांसदहरूको मोलतोल हुने सम्भावना ठूलो छ । गगनले दलको नेता बन्न बहुमतका लागि सबै हत्कण्डा अपनाउन सक्छन् ।
गगन–शेखर समूहबाट प्रत्यक्ष र समानुपातिक गरी ३० जना सांसद देखिएका छन् । गगनलाई संसदीय दलमा बहुमत पु¥याउन करीव १५ सांसद अपुग देखिएको छ ।
प्रत्यक्षबाट देउवाको पक्षमा
(१) सीता गुरुङ, (२) ज्ञानेन्द्रबहादुर कार्की, (३) डा.नारायण खड्का, (४)रामहरि खतिवडा, (५) दिनेश यादव, (६) महेन्द्रकुमार राय, (७) अजयकुमार चौरसिया, (८) रमेश रिजाल, (९) श्याम घिमिरे, (१०) कान्छाराम तामाङ, (११) मोहनबहादुर बस्नेत, (१२) दुर्लभकुमार थापा, (१३) उदयशम्शेर राणा, (१४) मोहन आचार्य, (१५) शंकर भण्डारी, (१६) खम्बीर गर्बुजा, (१७) राजु थापा, (१८) टेकबहादुर गुरुङ, (१९) किशोरसिंह राठौर, (२०) विनोद चौधरी, (२१) पूर्णबहादुर खड्का, (२२) ऐनबहादुर शाही, (२३) वीरबहादुर बलायर, (२४) डिल्लीराज पन्त, (२५) एनपी साउद, (२६) रमेश लेखक, (२७) शेरबहादुर देउवा, (२८) पुष्पबहादुर शाह, (२९) दीपक खड्का, (३०) रामचन्द्र पौडेल, (३१) शशांक कोइराला, (३२) विष्णु कार्की, (३३) सुरेन्द्र आचार्य, (३४) प्रकाशमान सिंह, (३५) सन्तोष चालिसे, (३६) राजन केसी
समानुपातिकबाट देउवाको पक्षमा
(१) डा.प्रकाशशरण महत, (२) सरस्वती बजिमय, (३) सीताकुमार राना, (४) सुशीला थिङ, (५) माया राई, (६) मनोरमा शेरचन, (७) अञ्जनी श्रेष्ठ, (८) अम्बिका बस्नेत, (९) आरजु राणा, (१०) ईश्वरी न्यौपाने, (११) मञ्जु खाण, (१२) कान्तिका सेजुवाल, (१३) नागिना यादव, (१४) चन्दा चौधरी, (१५) संगीता मण्डल, (१६) शान्ति बिक, (१७) आशा बिक, (१८) कल्पना चौधरी, (१९) विनाकुमार थनेत, (२०) जावेदा खातुन, (२१) रुपा बिक (२२) विमलेन्द्र निधि
प्रत्यक्षबाट गगनको पक्षमा
(१) विश्वप्रकाश शर्मा, (२) शेखर कोइराला, (३) गगन थापा, (४) डिगबहादुर लिम्बु, (५) तेजुलाल चौधरी, (६) रामकृष्ण यादव, (७) देवप्रसाद तिमल्सिना, (८) अर्जुन नरसिंह केसी, (९) रामनाथ अधिकारी, (१०) प्रदीप पौडेल, (११) योगेश गौचन, (१२) धनराज गुरुङ, (१३) राजेन्द्र बगजाइँ, (१४) चन्द्र भण्डारी, (१५) दीपक गिरी, (१६) सञ्जयकुमार गौतम, (१७) हृदयराम थानी, (१८) दिक्पाल शाही, (१९) बद्री पाण्डे, (२०) दिलेन्द्रप्रसाद बडू
समानुपातिकमा गगनको पक्षमा
(१) लीलादेवी बोखिम, (२) सपना राजभण्डारी, (३) कुसुम थापा मगर, (४) सरिता प्रसाइँ, (५) प्रतिमा गौतम, (६) मैना रावल कार्की, (७) मुक्ताकुमारी यादव, (८) जीवन परियार, (९) सीता मिजार
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया