दलको नेता पदमा देउवा र गगनको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापाको उम्मेदवारी परेको छ ।

मंगलबार राति नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्दम्बेले विज्ञप्ति जारी गरेर देउवा र थापाको उम्मेदवारी परेको जनाएका छन् ।

संयोजक आङ्दम्बेले संसदीय दलको नेता पदको उम्मेदवारमा गगनकुमार थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको जनाएका हुन् ।

मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवाले आफ्नो उम्मेदवारी दिएका छन् ।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा समर्थक उप–सभापति पूर्णबहादुर खड्का रहेका छन् ।

संसदीय दलको नेतामा महामन्त्री थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् ।

दलको नेतामा विजेता हुनेले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ ।

Published : Tuesday, 2022 December 20, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया