पोखरेलले बनाए सूची, प्रचण्ड प्रधानमन्त्री, विद्यालाई राष्ट्रपति, पुन अर्थ वा गृह
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलको सक्रियता र पहलमा एमाले–माओवादी केन्द्रबीच गठबन्धन गरेर नयाँ सरकार बनाउनेबारेमा गोप्य वार्ता गरेको खुलासा भएको छ ।
पछिल्लो तीन दिनमा एमाले र माओवादीका नेताहरूको बाक्लै सम्वाद भएको उच्च स्रोतले जनाएको छ । महासचिव पोखरेलले अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजिक बनाएर वार्ता समेत गरेका छन् ।
अध्यक्ष ओली र महासचिव पोखरेल प्रधानमन्त्रीमा प्रचण्डलाई सहयोग गर्ने आश्वासन दिएका छन् । प्रचण्डसँग राष्ट्रपति र सभामुख पदमा एमालेलाई सहयोग गर्नुपर्ने ओली–पोखरेलको प्रस्ताव छ ।
ओली–पोखरेलले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै तेस्रो पटक लैजाने प्रस्ताव प्रचण्डसँग गरेका छन् । भण्डारी पनि तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा देखाएको उच्च स्रोतले जनाएको छ ।
महासचिव पोखरेलले यो सबै गतिविधि एमालेको अध्यक्ष बन्ने लाईनबाट गरिरहेको एक नेताले बताएका छन् । आफ्नै गृहजिल्ला दाङबाट प्रतिनिधि सभामा लज्जास्पद हार ब्यहोरेका पोखरेलले आफू एमालेको अध्यक्ष बन्ने र जिल्ला दौडाहमा जाने सुनाउने गरेका छन् ।
एमालेले सभामुख पनि लिने गरेर माओवादीसँग वार्ता र सम्वाद गरेको खुलासापछि एमालेका सांसदहरू मन्त्री बन्न भागदौड गर्न थालेका छन् । एमालेले सभामुख कसलाई बनाउने हो अझै खुलाएको छैन ।
एमालेका अध्यक्ष ओलीले प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री बनाउन सहमति भएको स्रोतको दाबी छ । त्यसपछि साढे दुई वर्ष ओली प्रधानमन्त्री बन्ने गरेर सहमतिका अन्तिम प्रयास भइरहेका छन् ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पनि एमालेप्रति लचक देखिएका छन् । कांग्रेसले धोका दिएका कारण आफू प्रतिनिधि सभामा लमजुङबाट पराजित भएको सुनाउने गरेका छन् । सोही कारण गुरुङ कांग्रेससँगको भद्र सहमति तोडेर एमालेसँग मिल्न सुझाव दिने गरेका छन् ।
माओवादी केन्द्रका नेता वर्षमन पुन पनि उपचारको बहानामा चीनमा छन् । चीनमा रहँदा पुनले चिनियाँ नेताहरूसँग भेट गरेको चर्चा छ । पुनमार्फत चिनियाँ नेताहरूले एमाले र माओवादीलाई एक बनाएर एमाले–माओवादीको सरबार बनाउन ठूलो हर्कत गरेको स्रोतले जनाएको छ ।
पुनलाई अर्थ वा गृह मन्त्री बनाउन चीनले प्रचण्डलाई दवाव दिएको छ । पुनले एमालेसँग मिलेर जान प्रचण्डलाई दवाव दिएका छन् ।
एमालेका महासचिव पोखरेल पनि चीन निकट मानिन्छन् । मुख्यमन्त्री बनेका बेला पोखरेलले चीनलाई लुम्बिनी प्रदेशमा सिधै खुसाएका थिए । पोखरेल चिनियाँ नेताहरूसँग निरन्तर सम्पर्कमा रहेको चर्चा एमालेभित्रै छ ।
राष्ट्रपति भण्डारी पनि चीन निकट मानिन्छन् । भण्डारीले चीनका नेताहरूसँग सिधै फोनमा बेलाबेला वार्ता गर्ने गरेकी छिन् । भण्डारीले नेपालका लागि चिनियाँ राजदूतलाई पनि सिधै शीतल निवासमा बोलाएर कुराकानी गर्ने गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया