हो यस कारण देउवा राजनीतिमा सफल छन्, संस्कार सिक्नुस् युवा नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले असल राजनीति गर्दै आएका छन् ।
देउवाको राजनीतिलाई नजिकबाट बुझ्न नसक्नेहरूले विभिन्न लाञ्छना र आक्षेपहरू लगाउने गर्छन् । देउवाले मिडियाबाजी, प्रचारवाजी, वाहवाहीको राजनीति, गालीगलौजको संस्कारलाई कहिल्यै पनि महत्व दिँदैनन् । त्यही कारण देउवा निरन्तर आफ्नो राजनीतिक बाटोमा सफल छन् ।
देउवाको त्यही गुणले गर्दा ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । अब छैटौँ पटक प्रधानमन्त्री बन्ने मार्गमा छन् ।
सभापति देउवाले कहिल्यै पनि लामो बोल्दैनन् । उनको कुरा बुझिदैन । तर, देउवाको काम बुझिन्छ । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देउवाका बारेमा सधै भन्ने गर्छन्, ‘हाम्रो पार्टी सभापतिको कुसा बुझिदैन, उहाँले गर्नुभएको काम बुझिन्छ ।’ अर्थात देउवा बोलीमा भन्दा पनि काममा विश्वास गर्छन् । देउवामा राजनेतामा हुनुपर्ने गुण छ ।
देउवाले आफ्ना आलोचक र विरोधीहरूविरुद्धमा कहिल्यै पनि समाचार लेखाउँदैनन् । सामाजिक सञ्जालमा पनि छुद्र टिकाटिप्पणी गर्दैनन् । देउवाले आफूले सामाजिक सञ्जाल चलाउँदैनन् । तर, मोबाइल र ट्याबमा समाचार हेर्छन्, पढ्छन् ।
देउवाको सचिवालयका सदस्यहरूका अनुसार देउवाले पत्रपत्रिका र टेलिभिजनका समाचार छुटाउँदैनन् । देउवालाई सुझाव दिने धेरै छन् । देउवाले सबैका कुरा सुनेर उपयुक्त निर्णय आफैले लिने गरेका छन् । कसले आफ्नो चाकडी गरेको छ, कसले के भनेको छ, देश र पार्टीको हितमा को छ को छैन ? सबै कुरा देउवाले बुझेका छन् ।
सभापति देउवाले कामलाई पहिलो प्राथमिकतामा राख्छन् । सबैलाई मिलाएर जाँदा मात्रै सफल भइन्छ भन्ने देउवाको सिद्धान्त र रणनीति छ । देउवाको यहि सरल र सहज राजनीतिका कारण कांग्रेसलाई ठूलो पार्टी बनाउन सफल भएका छन् । उनलाई विश्वले पत्याएको छ ।
देउवा राजनीति र कुटनीतिमा सफल मानिन्छन् । उनीबाट सिक्नुपर्ने कुरा धेरै छ । ‘मै हुँ’भन्ने युवा नेताहरू सामाजिक सञ्जाल र समाचारहरूमा लोकप्रिय छन् । चर्चित छन् । उनीहरू गालीगलौजको राजनीतिलाई मन पराउँछन् । आफ्नो विरोध गर्नेहरूप्रति निरंकुश शैलीमा प्रस्तुत हुन्छन् । ‘साईबर सेना’ लगाएर चरित्र हत्या गर्छन् । आफ्नो स्वार्थको लागि जे पनि गर्न पछाडि पर्दैनन् ।
साईबर सेनाकै कारण खड्गप्रसाद ओली र महेश बस्नेतहरू समाप्त हुने बाटोमा छन् । त्यही बाटोमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उप–सभापति धनराज गुरुङ, नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल, स्वर्णिम वाग्लेहरू छन् । उनीहरूले पार्टीभित्रको आन्तरिक कुरालाई सामाजिक सञ्जाल र मिडियाबाजी गरेर चरित्र हत्या नगरेकै बेस होला ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मात्रै लोकप्रिय भएर हुँदैन । प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर, उपेन्द्र यादव, चित्रबहादुर केसी जस्ता नेतालाई पनि मिलाउन सक्ने हैसियत राख्नुपर्छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओली जस्ता नेतालाई पनि साईजमा राख्ने हैसियत र क्षमता देउवामा छ । त्यही कारण देउवा काममा विश्वास गर्छन् । आफ्नो विरुद्ध समाजिक सञ्जालमा के भइरहेको छ ? सञ्चारमाध्यममा के भइरहेको छ ? सबै कुराको जानकार देउवा छन् । तैपनि प्रतिवाद गर्दैनन् । देउवाले चाहने हो भने गगन–विश्वका भन्दा धेरै साईबर सेना परिचालन गर्न सक्छन् । तर, देउवाले त्यस्तो कार्य गर्दैनन् । घरभित्रकै सदस्यको अपमान, चरित्र हत्या र समाचार लेखाएर तथानाम गर्ने कार्यमा देउवाले कहिल्यै रुचि देखाएनन् । कांग्रेसका नेता र कार्यकर्ताहरूले देउवाको विरोधका नाममा कति अपमान हुने शब्द सामाजिक सञ्जालमा लेखेका छन् । देउवाले कहिल्यै पनि तल्लो तहको हर्कत गरेनन् । गर्दैनन् पनि ।
कांग्रेसकी युवा नेतृ शर्मिला आचार्यले समाजिक सञ्जालमा लेखेकी छिन्, ‘सामाजिक सञ्जालमा किन तमासा ? शेखर कोइराला समूहले गगन थापा समूहलाई गाली गर्ने अनि गगन थापा समूहले शेखर कोइराला समूहलाई गाली गर्ने ! एउटै समूहभित्र यस्तो खिचातानी किन ?’
‘कसैलाई गाली नगरी चुनाव लड्ने शेरबहादुर देउवासँग केही सिक्नुस् न’, युवा नेत आचार्यले सुझाव दिएकी छिन् । कांग्रेसभित्रका केही युवा नेता र सामाजिक सञ्जालमा सक्रिय रहेका नेताहरूका गतिविधि पार्टी हितका लागि उचित नभएको संकेत आचार्यको छ ।
कांग्रेसको राजनीति गर्ने हो भने संस्कारको राजनीति गर्नुपर्छ । कथित युवा नेताहरूका कारण कांग्रेस बदनाम भइरहेको छ । प्रजातन्त्र ल्याउन र कांग्रेस बचाउन संघर्ष गरेका नेताहरू अपमानित भइरहेका छन् ।
अहिले युवा हुँभन्नेहरू अबको ५/१० वर्षमा वृद्ध हुँदैनन् । जसले आफूभन्दा अग्रजको सम्मान गर्न सक्दैन त्यो व्यक्तिको भलो र उपकार कहिल्यै हुँदैन ।
शेखर कोइराला र गगन थापाबीच जुन किसिमको भिडन्त देखिएको छ त्यो गलत छ । गगनले शेखरलाई नेता मान्नुपर्छ । मान्नै पर्छ । गगनको उमेर छ । शेखरलाई यस पटक साथ दिँदा गगनको पत्तासाफ हुँदैन ।
गगनले आफूलाई जसरी रकेटको गतिमा अगाडि बढाइरहेका छन् त्यो गति अहिलेका लागि हितकारी हुन सक्छ । दीघकालमा त्यो हानिकारक पनि हुनसक्छ । गगनले बेलैमा सुझबुझको राजनीतिक निर्णय लिएकै उचित हुन्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया