प्रहरीका २३ एसपीहरूको काज सरुवा, कहाँ पुगे सन्तोष र श्याम ?
काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ ।
सोमबार नक्सालस्थित प्रहरी मुख्यालयले २३ जना एसपीहरूको काज सरुवा गरेको हो । हेडक्वाटरले ८ वटा जिल्लाका प्रमुखहरूलाई पनि फेरेको छ ।
एसपी दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा, कैलालीमा देवेन्द्रबहादुर पालको सरुवा भएको छ ।
एसपी सन्तोषकुमार भट्टराईलाई ट्राफिक व्यवस्थापन कार्यालय बारा, श्यामकृष्ण अधिकारीलाई ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही, सुधिरराज शाहीलाई नेपाल प्रहरी विशेष कार्यदलमा काज सरुवा गरिएको छ ।
विमलराज कँडेललाई प्रहरी पहरा गण काठमाडौं, नकुल पोखरेललाई प्रहरी विशेष सुरक्षा गण तनहुँ, हीराबहादुर पाण्डेलाई कर्णाली प्रदेश गण सुर्खेत, सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काज सरुवा गरिएको छ ।
एसपी रमेशकुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, बसन्त रजौरेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्वमणि पोखरेललाई प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा काज सरुवा गरिएको छ ।
एसपी पदमबहादुर विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौं, गोपालचन्द्र भट्टराईलाई माव अधिकार उल्लंघन अनुगमन ईकाई नक्साल, रञ्जु सिग्देललाई प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, प्रवीण पोखरेललाई जिल्ला प्रहरी परिसर ललितपुर र नान्तीराज गुरुङलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा काज सरुवा गरिएको छ ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया