यी हुन् कांग्रेसका हाइप्रोफाइल ‘नमक’ हरामहरू, खरेल र आचार्यको हर्कतले कार्यकर्ता हैरान

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले अन्तर्घातीहरूलाई कारबाहीको सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा शनिबार काभ्रेपलाञ्चोक कांग्रेसले दुई केन्द्रीय सदस्यलाई निष्काशन गरेको छ ।

जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको बैठकले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रीय सभापति महेश खरेललाई कारबाही गरेका छन् ।

सभापति लामाले पार्टीको आधिकारिक उम्मेदवारलाई उनीहरूले अन्तर्घात गरी असहयोग यथेष्ट आधार प्राप्त भएका कारबाही गरेको उल्लेख गरेका छन् ।

बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्यलाई ३ हजार १५५ मत कम आउनुको कारणबारे प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर कार्यसमितिसँग स्पष्टीकरण समेत माग गरेको छ ।

सभापति लामाले राजनीतिक पूर्वाग्रही भएर कारबाही गरेको आरोप पनि छ ।

पाँचखाल नगरपालिकाका मेयर समेत रहेका क्षेत्रीय सभापति महेश खरेलका पछिल्ला हर्कत गतिला छैनन् । खरेलले यसअघि पनि कांग्रेसविरोधी गतिविधि गर्दै आएको आरोप छ ।

केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई पनि कांग्रेसविरुद्ध गतिविधि गर्ने गरेको बेलाबेला आरोप लाग्ने गरेका थिए ।

केन्द्रीय सदस्य मधु आचार्यले काभ्रेपलाञ्चोकमा कांग्रेसको संगठन भताभुङ्ग बनाउने नेतामा पर्छन् । आचार्यले कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा कहिल्यै पनि भोट नहालेको आरोप पनि छ ।

आफ्नी पत्नी कमला पन्तलाई राष्ट्रिय सभाको सांसद बनाएका आचार्य काभ्रेपलाञ्चोक जिल्लामा निकै अलोकप्रिय छन् ।

Published : Saturday, 2022 December 17, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया