कीर्ते काण्डमा परेका लामिछाने सबै सुतेका बेला राति मास्क लगाएर खुसुक्क बालकोट छिरे
काठमाडौं । नागरिकता र राहदानी दुरुपयोगको कीर्ते काण्डमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गोप्य रुपमा भेटवार्ता गरेका छन् ।
शुक्रबार राति लामिछानेले बालकोटस्थित निवासमा पुगेर ओलीसँग सुटुक्क भेट गरेका हुन् । मस्क लगाएर बालकोट पुगेका लामिछानेले ओलीलाई राति भेट गर्नुका विषयमा विभिन्न टिकाटिप्पणी भएका छन् ।
ओली र लामिछानेबीच सत्ता समीकरणको विषयमा छलफल भएको बुझिएको छ । ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुन सभापति लामिछानेसँग आग्रह गरेका छन् ।
सभापति लामिछानेले अध्यक्ष ओलीसँग आफ्नो नागरिकता र राहदान कीर्ते काण्डबाट बचाउन अनुरोध गरेको बालकोट निकट उच्च स्रोतले जनाएको छ ।
ओलीले पनि कांग्रेसलाई सरकार बनाउनबाट रोक्न सहयोग गरेमा आफ्नो नेतृत्वमा बन्ने कम्युनिस्ट सरकारले कीर्ते काण्डबाट बचाउन आश्वासन दिएको बुझिएको छ ।
निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।
सभापति लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए । लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता रद्द भएको थियो । रद्द भएको नागरिकता दुरुपयोग गरेर लामिछानेले नेपाली राहदानी लिनुका साथै नेपाली नागरिकले सरह सुविधा प्रयोग गर्दै आएका थिए ।
लामिछानेका विरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा उजुरी परिसकेको छ । लामिछानेका आगामी दिन निकै सहज छैनन् । कीर्ते काण्डमा लामिछानेलाई जेल सजाय र नगद जरिवाना हुने सम्भावना निकै छ ।
कीर्ते काण्डबाट बच्न सभापति लामिछानेले निकै ठूलो हर्कत गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया