रामचन्द्र र विनोदबीच भेटवार्ता, चौधरीको दक्षतालाई कसरी लिन्छ कांग्रेसले ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनिर्वाचित सांसद एवम् केन्द्रीय सदस्य विनोद चौधरीले भेटवार्ता गरेका छन् ।

शनिबार बोहराटारस्थित निवासमा पौडेल र चौधरीबीच भेटवार्ता भएको हो । भेटमा एकआपसमा शुभकामना आदान प्रदान भएको छ ।

नेता पौडेलको सचिवालयका अनुसार केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सांसद चौधरीले वरिष्ठ नेता पौडेललाई शुभकामना र बधाइ दिएका छन् ।

नेता पौडेलले पनि चौधरीलाई विभिन्न प्रतिकूललाई चिरेर प्रतिनिधि सभामा निर्वाचित भएकोमा शुभकामना दिएका छन् । नेता पौडेलले आगामी दिनमा चौधरीको संसदमा विशेष भूमिका रहने समेत उल्लेख गरेका छन् ।

नेता पौडेल तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेता चौधरी एवम् उद्योगपति नवलपरासीको क्षेत्र नं. १ बाट भारी मतले विजयी भएका हुन् ।

विश्वले पत्याएका उद्योगपति समेत रहेका चौधरीसँग कांग्रेसका नेता कार्यकर्ताले मात्रै नभइ सबैले ठूलो अपेक्षा राखेका छन् ।

चौधरीले अब बन्ने नयाँ क्याबिनेटमा कांग्रेसबाट अवसर पाएमा मुलुकको अर्थतन्त्र सुधारमा ठूलो परिवर्तन ल्याउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

उद्योग व्यवसायमा नेता चौधरीले गरेको क्रान्ति अर्थात चमत्कारबाट कांग्रेसले अवसर लिन्छ वा लिँदैन भविष्यले नै देखाउनेछ ।

चौधरी जस्ता सफल व्यवसायीलाई अवसर दिने हो भने मुलुकको अर्थतन्त्रमा सुधार हुने त निश्चित नै छ । धेरै युवा र दक्ष जनशक्तिले अवर पाउने पक्का छ ।

Published : Saturday, 2022 December 17, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया