यी महिलाले बबण्डर मच्चाएपछि झडप, अश्रुग्याँस नै प्रहार
काठमाडौं । पतिबाट पीडित भएको भनिएकी नेहा चौधरीले बबण्डर मच्चाएपछि महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
बिहीबार प्रहरीले स्थितिलाई नियन्त्रणमार राख्न ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेहा चौधरीले अनावश्यक रुपमा महोत्तरीमा बबण्डर मच्चाएर अनुसन्धान र कानून कारबाही प्रक्रियालाई धमिल बनाएको आरोप छ ।
रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएको झडपमा परी चार जना घाइते समेत भएका छन् ।
नेहाले पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
झडपमा प्रहरीका अनुसार २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगर प्रहरी गरी चार जना घाइते भएका छन् ।
मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेको थियो ।
माइतबाट घर फर्किएकी नेहाले प्रवेश नपाएको भन्दै सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि झडप भएको छ ।
नेहा आफ्ना श्रीमान् डा.पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया