उपाध्यक्ष र कोषाध्यक्षले लुम्बिनीको करोडौं रुपियाँ सेटिङमा निजीमा राखे
काठमाडौं । लुम्बिनी विकास कोषका पदाधिकारी र केही कर्मचारीहरूले लुम्बिनीलाई ‘दुहुनो गाई’ बनाएका छन् ।
कोषका उपाध्यक्ष ‘भिक्षु मैत्रेय’ भनिने अवधेश त्रिपाठी र कोषाध्यक्ष ढुण्डीराज भट्टराई भनिने सिद्धिचरण भट्टराईले कोषलाई आफू खुसी चलाएर नोक्सान पुर्याएको आरोप छ ।
उपाध्यक्ष त्रिपाठी र कोषाध्यक्ष भट्टराईले कोषको करोडौं रुपियाँ निजी बैंकहरूमा राखेको खुलासा भएको छ । सेटिङमा पैसा निजी बैंकमा राख्दा आर्थिक लाभ हुने चर्चा कोषभित्र छ ।
कोषको रकम सरकारी बैंकमा राख्नुपर्नेमा उपाध्यक्ष त्रिपाठी र कोषाध्यक्ष भट्टराईले चलखेलका आधारमा निजी बैंकहरूमा करोडौं रुपियाँ राखेका हुन् ।
उपाध्यक्ष त्रिपाठी र कोषाध्यक्ष भट्टराईको जोडीलाई कोषभित्र राम्रो फलिफाप हुँदै आएको चर्चा छ ।
कोषाध्यक्ष भट्टराई र उपाध्यक्ष त्रिपाठीले कोषको करीव दुई करोड सिभिल बैंक भैरहवा शाखामा २ करोड, प्राईम बैंकमा १ करोड, एनएमबी बैंकमा १ करोड, सिद्धार्थ बैंकमा १ करोड, ग्लोबल बैंकमा ५० लाख, एनआईसी एसिया बैंकमा ५० लाख, कृषि विकास बैंकमा ३ करोड ५० लाख, मेगा बैंकमा ३ करोड राखेको उच्च स्रोतले जनाएको छ ।
अरु १/२ वटा निजी बैंकमा पनि कोषको रकम राखेको बुझिएको छ ।
यस विषयमा प्रतिक्रिया लिन उपाध्यक्ष त्रिपाठीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उनको फोन अफ थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया