बैंकहरूमा पैसा किन अभाव भइरहेको छ ? गभर्नरले व्यापारीहरूलाई नाङ्गेझार बनाएर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले बजारमा मुद्रास्फितिमा असर परेको बताएका छन् ।

नाफिजको कार्यक्रममा सम्बोधनका क्रममा अधिकारीले मुद्रास्फिति अझै बढ्दै जाने अवस्था रहेको बताए ।

उनले भने, ‘विभिन्न वस्तुहरूको मूल्य बढ्दै जाने अवस्था छ । इन्धन तथा तेलको मूल्य बढ्दै गएको देखेका छौं ।’

‘यसले गर्दा लजिस्टिकलगायत सिपिङको मूल्य वृद्धि भएको छ’, उनले भने, ‘यसको असर प्रत्येक व्यक्ति तथा घर परिवारमा परिरहेको छ ।’

अधिकारीले भनेका छन्, ‘यसको असर मौद्रिक व्यवस्थापमनमा पनि परिरहेको छ । केन्द्रीय बैंकहरूले आफ्नो मौद्रिक अवधारणा केही न केही तरिकारले सहकार्य गरेर अगाडि बढिरहेका छन् ।’

‘जसले ब्याजदर घटाउने छ । दुई हप्तासम्म अघिसम्म अन्तरबैंक साढे प्रतिशतसम्म चलिरहेको थियो’, उनले भने, ‘अहिले ७.०७ प्रतिशतमा झरेको छ ।’

गभर्नर अधिकारीले भनेका छन्, ‘यसको अर्थ बजारमा केही सहजता भएको छ । सँधै सहजता रहँदैन । जहिले पनि हामीलाई अर्थतन्त्रमा भने चुनौती भइरहन्छ ।’

‘पुसमा सरकारको कोषमा पैसा आउँछ । पुस महिनामा इस्यू क्यालेन्डरअनुसार करिब करिब ३० अर्ब आन्तरिक ऋण रकम आउँछ । जुन नियमित प्रक्रिया हो’, उनले भनेका छन् ।

‘पुसमा गत वर्ष राष्ट्र बैंकले पुनः कर्जामा सेडुलअनुसार ६० अर्ब पुनर्कर्जा दिएको थियो’, उनले भने, ‘त्यसको असर यो वर्षको पुसमा पर्नेछ ।’

‘कसरी तरलता अभावलाई सहज बनाउन सकिन्छ त्यसका लागि प्रयास भइरहेको छ’, उनले भने, ‘तरलता सहज बनाउनका लागि राष्ट्र बैंकले गरेको कामलाई गहिरिएर बुझ्न जरुरी छ ।’

‘तरलता अभाव सहज बनाउनका लागि बैंकले गरेको कार्य हेर्ने हो भने छुट्टै आलेख बन्न सक्छ’, गभर्नर अधिकारीले भनेका छन् ।

‘गत वर्ष करिब ९७ अर्ब तरलता बजारमा प्रवाह गरेको थियो । अहिले पनि साढे १ खर्ब जति बैंकलाई तरलता दिइरहेको छ’, उनले भने, ‘यसले गर्दा राष्ट्र बैंकको तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको छ ।’

‘त्यही पनि बजारमा तरलता अभावको समस्या हट्न सकेको छैन । कारण के हो भन्ने सन्दर्भमा सबैले बुझ्न जरुरी छ’, उनले भने, ‘यसको मुख्य कारण बीओपी हो । बीओपी आयातमुखी छ । त्यस्तै, सेवा क्षेत्रमा पनि नेट घाटा देखिरहेका छौं ।’

‘पछिल्ला दिनहरूमा राम्रो खालको रेमिट्यान्स आप्रवाह भइरहेको छ’, अधिकारीले भने, ‘जसको फलस्वरुपमा केही सहजता थपिएको छ ।’

‘यसलाई अझै सहज बनाउने सिलसिलामा के जरुरी छभने बजारमा ऋण प्रवाह रिसाइकलिङ हुन आवश्यक छ’, उनले भने, ‘लगेको ऋण केही न केही रुपमा बैंकमा जम्मा हुनुपर्छ । लगेको पैसा चाहिँ तिरिँदैन । के बैंकमा आफै पैसा त बन्दैन । यो कुरामा बजार दसहज हुन जरुरी छ ।’

‘अहिलेको सहजतलाई राष्ट्र बैंकले आगामी दिनमा आउन सक्ने चुनौतिलाई ख्याल गर्दै अगाडि बढिरहेका छौं’, उनले भनेका छन् ।

आर्थिक क्षेत्रमा भएको विकृतिहरूलाई अप्ठ्यारो बेला सधार्नु हुँदैन भन्न थालियो भने कहिले नि सुधार नहुने गभर्नर अधिकारीले बताएका छन् ।

उनले भने, ‘हिजोको विकृतिको कारणले आज केही व्यवसायी तथा ऋणीलाई अप्ठ्यारो परेको छभने त्यो विकृति निरन्तर रहिरह्यो भने आगामी दिनमा अरुलाई अप्ठ्यारो पर्छ ।’

‘त्यस्ता खालका विकृतिहरू समयमै समाधान गर्न आवश्यक छ’, उनले भने, ‘जसका लागि नेपाल सरकार र राष्ट्र बैंकले आफ्नो ठाउँबाट काम गरिरहेको छ ।’

उनले निजी क्षेत्रमा आफूले हस्तक्षेपकारी भूमिकामा छिर्न थालियो भने त्यो कति काउन्टर प्रोडक्टिभ होला ? भनेर प्रश्न पनि गरेका छन् ।

‘त्यसलाई सहजै करेक्सन गर्न समय लाग्ला । यस विषयमा सबैले सोच्न आवश्यक छ’, उनले भनेका छन् ।

‘राष्ट्र बैंकले विभिन्न चरणमा कडाइ गर्दै लगेको छ’, उनले भने, ‘त्यसैले राष्ट्र बैंकले अर्थतन्त्रलाई सन्तुलन बनाउनका लागि विभिन्न चरणमा छुट्टा छुट्टै व्यवस्था गर्दै लगेको छ ।’

‘विगतको दिनमा राष्ट्र बैंकले आयातमा मार्जिनको तथा प्रतिबन्ध गरेको थियो । अहिलेउ खुकुलो बनाएको छ’, उनले भने, ‘हाम्रो उद्देश्य भनेको निजी क्षेत्रलाई तथा व्यवसायीलाई अप्ठेरोमा पार्ने होइन सहज बनाउँदै लजाने गरी नीति नियम बनाएको हुन्छ ।’

बैंकहरूमा पैसा नरहेका बेला गभर्नर अधिकारीको यस्तो भनाइ आएको छ । उता व्यापारीहरूले बैंकको व्याज घटना दवाव दिँदै आन्दोलन गरिरहेका छन् ।

बैंकहरूबाट खर्बौं ऋण लगेका सीमित व्यापारीहरूले समयमा पैसा नतिर्दा बैंकहरूमा पैसाको अभाव भएको छ ।

Published : Wednesday, 2022 December 14, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया