प्रेम राईको कुर्सीमा बबरमहलबाट अधिकारीले नक्सालमा निशाना हान्न थाले
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्ने सपना देख्न थालेका छन् ।
आफूभन्दा सिनियरहरूलाई ठेगान लगाएर महानिर्देशक बनेका अधिकारीले करीव ५ वर्षपछि अख्तियारको प्रमुख आयुक्त बन्ने बताउने गरेको एक उच्च कर्मचारीले बताए ।
महानिर्देशक अधिकारीले अख्तियारसहित संवैधानिक नियुक्तिहरूका बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा सर्वोच्चले सबैलाई खारेज गरिदिएमा छिट्टै पनि प्रमुख आयुक्त बन्ने सम्भावना पनि रहेको बताउने गरेका छन् ।
अख्तियारको प्रमुख आयुक्त प्रेम राई छन् । राईको कुर्सीमा महानिर्देशक अधिकारीले बबरमहलस्थित प्राधिकरणको मुख्यालयमा बसेर ताक्न थालेपछि प्राधिकरणकै कमचारीहरू चकित परेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा महानिर्देशक अधिकारीले आफू निकटका कर्मचारी र साथीभाइहरूसँग ८ वर्षसम्म प्राधिकरणको महानिर्देशक बन्ने र त्यसपछि अख्तियारको प्रमुख आयुक्त बन्ने योजना रहेको सुनाउने गरेका छन् ।
प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाउन लगाएर प्राधिकरणमा घुमाउरो तरिकाले छिरेका अधिकारीले प्रमुख आयुक्त बन्न के–के गर्नुपर्छ आफूलाई सबै कुराको जानकारी रहेको बताउने गरेका छन् ।
सिनियरहरूलाई लात हानेर तत्कालीन मन्त्री प्रेम आलेले अधिकारीलाई महानिर्देशक बनाएपछि अन्याय परेको भन्दै क्षेत्री पनि सर्वोच्च पुगेका छन् । हुन त अधिकारीको महानिर्देशकको पद पनि सुरक्षित छैन । सर्वोच्चले जति बेला पनि अधिकारीलाई सडकमा ल्याइदिन सक्छ ।
अधिकारीविरुद्ध अख्यिारमा पनि लामै उजुरी परेको छ । अधिकारीसँग डराएर अख्तियार थरथर छ । अधिकारीको फाइललाई गतिलो ढंगले अगाडि बढाउन अख्तियारको हात कामेको छ ।
हुन त अधिकारी पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन आयोजना प्रमुख थिए । आयोजना प्रमुख रहेका बेला पोखरामा रिठेपानीको डाँडो अधिकारीले देखेनन् । ती दुई आयोजनाको काम गर्दा अधिकारीले गतिलो काम नगरेको आरोप छ । अधिकारीलाई राम्रै लाभ भएको चर्चा छ ।
अहिले त्यही डाँडा काट्न करीव ५० करोडौं रुपियाँ प्राधिकरणलाई नोक्सानी गराएका छन् ।
महानिर्देशक अधिकारीका पछिल्ला गतिविधिबाट प्रधानमन्त्री शेरबहादुर देउवा पनि सन्तुष्ट छैनन् । छिमेकी मुलुक भारतलाई चिढ्याउने गरेर गतिविधि गरेपछि देउवा महानिर्देशक अधिकारीसँग रिसाएका हुन् ।
अधिकारीले ४९ प्रतिनिधि चिनियाँ लगानी रहेको हिमालयन एयरलाईन्सलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ दिएका थिए ।
चीनलाई छिराएपछि महानिर्देशक अधिकारीसँग प्रधानमन्त्री देउवा रिसाएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन अधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया