देउवाद्वारा चर्चित नेतासँग अचानक भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले बताएका छन् ।
‘प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो’, ठाकुरले भने, ‘समसामयिक विषयमा कुराकानी भएको छ ।’
उनले भने, ‘निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।’
अध्यक्ष ठाकुरले पार्टी गठबन्धनमा रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको बताएका छन् ।
अध्यक्ष ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताएका छन् ।
लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनको भनाइ छ ।
‘राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ’, उनले भने, ‘त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।’
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ ।
अध्यक्ष ठाकुरको लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया