गगन–विश्वलाई गोकुल बास्कोटाले दिए यस्तो चुनौति
काठमाडौं । एमालेका नेता एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद गोकुल बास्कोटाले गगन थापा र विश्वप्रकाश शर्मालाई अध्यादेश फिर्ता गरेर देखान चुनौति दिएका छन् ।
मंगलबार बिहान ट्वीट गर्दै बास्कोटाले धेरै बोलेरभन्दा काम गरेर देखाउन गगन–विश्वलाई सुझाव दिएका हुन् ।
‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे’, उनले भने, ‘तर, उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ ?’
‘म आशा गर्छु उनीहरू गरेर देखाउने हैसियतमा छन्’, नेता बास्कोटाले भनेका छन्, ‘ताजा जनादेशसँगै संसद बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालोबजारी बन्द गराउन सकुन् । शुभेच्छा ।’
ओली झण्डै दुईतिहाईको बहुमतको प्रधानमन्त्री बनेका बेला बास्कोटा सञ्चार, सूचना तथा प्रविधिमन्त्री थिए ।
त्यस बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पद फुत्किएको थियो ।
राजनीतिक बन्दीहरूलाई रिहाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले विरोध गरेका छन् ।
यो अध्यादेश आउँदा थारु आन्दोलनका पीडितहरूले न्याय पाउनेछन् । नेत्रविक्रम चन्द ‘विप्लव’ र सीके राउतका नेता कार्यकर्तालाई पनि अध्यादेशले राहत दिनेछ ।
अध्यादेशले विशेष गरेर टीकापुर घटनामा संलग्न थारुहरूले आममाफी पाउने भए भनेर गगन–विश्वप्रकाश–शेखर समूहले विरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया