सुकुम्वासीका लागि बनाएको काठमाडौंको अपार्टमेन्ट ओलीकी पत्नीको एनजीओलाई दिएको डेन्जर खुलासा
काठमाडौं । काठमाडौंका सुकुम्वासीहरूलाई राख्नको लागि बनाएको स्यम्भूको इचंगुनारायणको अपार्टमेन्ट तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नी श्रीमती संरक्षक रहेको एक गैरसरकारी संस्थालाई दिएको भेटिएको छ ।
झण्डै दुईतिहाई कम्युनिस्ट सरकारको प्रधानमन्त्री भएका बेला ओलीले २०७७ माघ २२ गते बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको सुकुम्वासीको व्यवस्थित बस्ती बनाउने उद्देश्यले बनाइएको उक्त अपार्टमेन्ट मानव सेवा आश्राम नामक गैरसरकारी संस्थालाई दिएको स्रोतले जनाएको छ ।
थापाथलीको सुकुम्वासी वस्ती हटाउन काठमाडौं महानगरपालिकाले पहल गरिरहेका बेला उनीहरूको लागि बनाएको अपार्टमेन्ट ओलीले आफ्नी श्रमतीको गैरसरकारी संस्थालाई विना शुल्क उपयोग गर्नेगरी दिएको भेटिएको छ ।
२०७७ माघ २२ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार २०७७ फागुन २० गते नागार्जुन नगरपालिका र मानव सेवा आश्रमबीच उक्त अपार्टमेन्ट विना शुल्क ओलीकी पत्नी राधिका शाक्य संरक्षक रहेको गैरसरकारी संस्थाले प्रयोग गर्नेगरी सम्झौता भएको थियो ।
उक्त अपार्टमेन्ट तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सुकुम्वासीहरूलाई राख्नेगरी शहरी विकास तथा भवन निर्माण विभागले बनाएको थियो ।
विभागकै स्वमित्वमा रहेको उक्त अपार्टमेन्ट ओली सरकारले अवधि उल्लेख नगरी विना शुल्क मानव सेवा आश्रामलाई दिएको छ ।
मानव सेवा आश्रमको संरक्षक पूर्वप्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य हुन् ।
राधिकाकै दवावमा ओलीले आफू प्रधानमन्त्री हुँदा उक्त आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूलाई मासिक ३ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता समेत उपलव्ध गराउने निर्णय गरी रकम उपलव्ध गराउँदै आएको पाइएको छ ।
सुकुम्वासीका लगि बनाएको अपर्टमेन्ट गैरसरकारी संस्थालाई दिएको भन्दै अहिले चर्को विरोध भैरहेको छ ।
एमालेकै नेताहरू अहिले सुकुम्बासीको नाममा सडकमा उत्रिएर विरोधमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुम्बासीलाई अपार्टमेन्टमा लगेर राख्न खोजेका छन् ।
एमालेले अबरोध गरिरहेको छ । बालेनको कामलाई कथित कम्युनिस्ट एमाले र त्यसका नेताहरूले सडकमा उत्रिएर असहयोग गरिरहेका बेला राधिका र ओलीको हर्कतको भण्डाफोर भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया