ओलीले क–कसलाई लात हाने ? अधिनायकवादी चरित्रको शंकर पोखरेलद्वारा समर्थन

काठमाडौं । एमालेले केही नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्काषन गरेको छ ।

नेताहरू घनश्याम भुसाल, प्रभु साह, गंगा चौधरी, बद्रीप्रसाद न्यौपानेसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले उनीहरूलाई कारबाही गरेको हो ।

एमालेको सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको छ ।

एमालेले केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रीत राम, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको पार्टीका उप–महासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

एमालेले केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

चुनावमा पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट हटाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताएका छन् ।

एमालेले निर्वाचनविरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको जनाएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले घनश्याम भुसाल, भीमबहादुर रावलसहितका आफ्ना विरोधी नेताहरूलाई प्रतिनिधि सभाको टिकट दिएका थिएनन् ।

रावलले स्वतन्त्रबाट उम्मेदवारी दिएनन् । तर, भुसालले स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका थिएका थिए ।

ओलीले कारबाही गरेका कसैलाई पनि सफाइको मौका दिएनन् । सिधै सचिवालय बैठकबाट निर्णय गरेर कारबाही गरेका छन् ।

पार्टीको विधान र ऐनअनुसार कारबाही गर्नुभन्दा अगाडि केही प्रक्रिया पूरा गर्नुपर्छ । तर, ओलीले कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । सिधै नेता कार्यकर्ताहरूलाई निरंकुश र अधिनायकशैलीमा कारबाही गरेका छन् ।

अध्यक्ष ओलीको अधिनायक र निरंकुश शैलीमा महासचिव शंकर पोखरेलले साथ दिएका छन् ।

Published : Monday, 2022 December 12, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया