एमालेका गुण्डाद्वारा हत्या गरिएका तरुण अध्यक्षकी पत्नी सांसद बनिन्, कांग्रेसले न्याय दियो
काठमाडौं । नेपाली कांग्रेसले एमालेका गुण्डाद्वारा हत्या गरिएका नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलकी पत्नीलाई समानुपातिक सांसद बनाएको छ ।
विनु रायमाझी पौडेललाई कांग्रेसले बागमती प्रदेश सभाका लागि समानुपातिकमा सांसद बनाउन निर्वाचन आयोगमा पठाएको छ ।
२०६८ सालमा भरतपुर कारागारभित्रै शिव पौडेललाई एमालेको भ्रातृ संगठन युवा संघका फडिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीले हत्या गरेका थिए ।
श्रीमानको हत्यापछि उनी कांग्रेसको राजनीतिमा सक्रिय छिन् ।
शिव पौडेलको हत्या र जेलभित्र हत्या अपराधमा संलग्न व्यक्तिहरूलाई तत्कालीन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा गरिएकी थिइन् ।
शिव पौडेलका हत्याराहरूलाई आममाफी दिएको भन्दै नेपाल तरुण दलका तत्कालीन अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका थिए ।
‘प्रस्तुत विषयमा २०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरू फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ’, तत्कालीन समयमा बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।
प्रजातन्त्र दिवसका अवसरमा ओली सरकारको सिफारिसका आधारमा जन्मकैद सजाय पाएका १ सय ७९ सहित ५ सय ९५ कैदीलाई रिहा गरिएको थियो । १५ जनालाई आममाफी दिइएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया