कांग्रेसले आयोगमा पठाएका यी हुन् प्रदेशतर्फका समानुपातिक सांसदहरूको नाम

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशमा आफ्नो भागमा परेको समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोगमा पठाएको छ ।

कांग्रेसले अबरे राति आयोगमा प्रतिनिधि सभा र प्रदेश सांसदको नाम पठाएको हो ।

कांग्रेसले प्रदेश नं. १ मा आदिवासी जनजातीमा मोहन महर्जन (झापा), मैया श्रेष्ठ (झापा), डोल्मा तामाङ (सिन्धुपाल्चोक), लीलाकुमारी राई (उदयपुर), ममता मगर तामाङ (सुनसरी) शोभा चेम्जोङ (कैलाली)को नाम पठाएको छ ।

दलितमा सुनिताकुमारी गुरुङ (सुनसरी), मधेशीमा लखीकुमारी गणेश (झापा) र थारुमा सुनिता गच्छदार चौधरी (सुनसरी)को नाम आयोगमा पठाएको छ ।

मधेश प्रदेशमा कांग्रेसले मधेशीमा राकेशकुमार सिंह (महोत्तरी), रेखा ठाकुर (महोत्तरी), जीवछीकुमारी यादव (सिरहा), ईन्दुकरमारी साह (सर्लाही), अञ्जना पण्डित (धनुषा)को नाम पठाएको छ ।

दलितमा कांग्रेसले सकुन्तीदेवी महरा (सर्लाही), नीलमकुमारी रजक (सप्तरी), मुस्लिममा नुरुन नेसा (महोत्तरी) र जनजातीमा मीनाकुमारी लामा (बारा)को नाम आयोगमा पठाएको छ ।

कांग्रेसले बागमतीमा जनजातीमा समिता खड्गी श्रेष्ठ (काठमाडौं), लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर), गीता गुरुङ (चितवन), यमुनादेवी श्रेष्ठ (काठमाडौं), याङ्किला शेर्पा रुईत (काठमाडौं), माया श्रेष्ठ (चितवन)को नाम आयोगमा पठाएको छ ।

खसआर्यमा शिवराज अधिकारी (धादिङ), उर्मिला नेपाल (तेह्रथुम), मीना पोखरेल (झापा), शान्ता ढकाल (काठमाडौं), विनु रायमाझी पौडेल (चितवन) तथा दलितमा सुना परियार (काभ्रेपलाञ्चोक)को नाम कांग्रेसले आयोगमा पठाएको छ ।

गण्डकीमा कांग्रेसले आदिवासी जनजातीमा विमला गौचन (म्याग्दी), रेखा गुरुङ (पर्वत), सरस्वती गुरुङ (स्याङजा), पार्वती तामाङ (लमजुङ)को नाम आयोगमा पठाएको छ ।

खसआर्यमा कांग्रेसले सरस्वती अर्याल तिवारी (स्याङजा), चम्पादेवी खड्का (बाग्लुङ), कल्पना तिवारी (स्याङजा) तथा दलितमा दिलमाया पौ.वि.(बाग्लुङ) र टीकाकुमारी बस्याल (कैलाली)को नाम आयोगमा पठाएको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसले खसआर्यमा जमुना ढकाल (रुपन्देही), निमा गिरी (प्यूठान), मालती सोडारी (बर्दिया)को नाम आयोगमा पठाएको छ ।

जनजातीमा धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके), थारुबाट देवीप्रसाद चौधरी (रुपन्देही), सञ्जुकुमारी चौधरी (बाँके), दलितबाट लोकीकुमारी विक (दाङ), मधेशी अल्पसंख्यकबाट सुशीला वादी (दाङ) र मुस्लिममा मीनाकुमारी सिद्दिकी (बाँके)को नाम आयोगमा पठाएको छ ।

कर्णाली प्रदेशमा कांग्रेसले खसआर्यमा जानकी सिंह (सुर्खेत), विजय बुढा (हुम्ला), ईन्द्रकुमारी शाही (दैलेख), जनजातीमा बलीमाया बुढा (सुर्खेत) र दलितमा लक्ष्मी सुनार (सुर्खेत)को नाम आयोगमा पठाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले खसआर्यमा मधु धारती (कञ्चनपुर), सरस्वती खड्का (डडेल्धुरा), जुनाकुमारी दानी (बाजुरा), डम्मरी महरा (कञ्चनपुर), तुलसी देवकोटा (कैलाली), गीताकुमारी चौधरी (कञ्चनपुर) र दलितमा ललिताकुमारी सुनार (कञ्चनपुर)को नाम आयोगमा पठाएको छ ।

Published : Sunday, 2022 December 11, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया