कांग्रेस निर्माणमा साथ दिएकी मञ्जु खाण बनिन् सांसद
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य मञ्जु खाणलाई समानुपातिक सांसद बनाएको छ ।
शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले नेतृ खाणलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । खाणलाई खसआर्यको महिलातर्फबाट सांसद बनाइएको छ ।
केही आलोचकहरूले नेतृ खाणलाई समानुपातिक सांसदमा सिफारिस गरिएदेखि नै विरोध गर्दै आएका थिए ।
नेतृ खाणले कांग्रेसको संगठन निर्माण, राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागिता जनाएर गरेको योगदानलाई आलोचकहरूले भुलेका छन् ।
राजनीति गरेर धेरै चप्पल फटाएकी नेतृ खाणको व्यक्तिगत चरित्र हत्या गर्नेसम्मका हर्कत भएका छन् । तैपनि उनले कुनै प्रतिक्रिया दिएकी छैनिन् ।
नेतृ खाणहरू जस्ता महिलाका कारण कांग्रेस जनताको मनमा बस्न पाएको छ । आलोचना गर्ने नै हो भने स्वच्छ आलोचना हुनुपर्छ । व्यक्तिगत कुरै गर्ने हो भने ती आलोचकहरूका पनि धेरै कुरा बाहिर आउन सक्छ ।
कांग्रेसको राजनीतिमा लाग्नु र नेता बालकृष्ण खाणको पत्नी भएकोमा अभिषाप तथा अपराध जस्तै गरेर सानो झुण्डले विरोध गरेको छ ।
त्यही विरोध गर्ने समूहले आफ्नो शरीर हेर्ने प्रयास कहिल्यै गरेको छैन । नेतृ खाणले राजनीतिक अवसर पाउने बेला सानो र स्वार्थी झुण्डले कसरी रोकौँ भनेर लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया