क्रिश्चियन धर्म प्रचारक होली वाईन काण्डवाला एमालेको समानुपातिक सांसद
काठमाडौं । एमालेले विवादास्पद व्यक्ति एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको छ ।
इसाई धर्म प्रचारक ढकाललाई एमालेले समानुपातिक सांसद बनाउने निर्णय गरेपछि बबाल भएको छ ।
एमालेले क्रिश्चियन धर्म प्रचारक ढकाल सांसद बनाउने निर्णय गरेकोमा असन्तुष्टि बढेको छ ।
एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस–आर्य क्लस्टरको दोस्रो नम्बरमा थियो । पहिलो नम्बरमा रघुजी पन्त छन् ।
एमालेले सांसद बनाएको ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् ।
ढकाल यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधान सभाको सदस्य बनेका थिए ।
केही वर्ष अगाडि एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई होली वाईन खुवाएर ढकाल चर्चित बनेका थिए ।
ढकालले ओलीलाई होटेल सोल्टीमा राखेर २० लाख रुपियाँको पुरस्कार पनि दिएका थिए ।
बौद्धको होटेल ह्यातमा ढकालले क्रिश्चियन धर्म प्रचारको कार्यक्रम राखेर होली वाईन खुवाएपछि ओलीको आलोचना भएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया