गुण्डा बने यी चिनियाँ नागरिक, काठमाडौंमा बीच सडकमै हत्या
काठमाडौं । काठमाडौंको ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ ।
झडपमा अर्का एक जना चिनियाँ घाइते भएका छन् । आइतबार दिउँसो ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच झगडा भएको प्रहरीले जनाएको छ ।
झडपमा ३७ वर्षीय फेङ जेङयुङले दुई जनालाई चक्कु हानेर घाइते बनाएका छन् । घाइते हुनेमा ३२ वर्षीय ली चुजान र २९ वर्षीय गान साउजिओङ रहेका छन् ।
लीको पेटमा गहिरो चोट लागेको छ । गानको पेट, छाती टाउकोको दायाँ भागमा चोट लागेको छ ।
गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । लीको उपचार भइरहेको छ ।
चक्कु हान्ने फेङलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबीच ईन्द्रचोकको बाटोमा विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन् । उनीहरू नेपालमा घुम्न आएका थिए ।
बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद भएपछि अपराधको घटना भएको छ ।
उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया