रोज राणाद्वारा देउवा र प्रचण्डसँग भेट, कुरा सुनेर छक्कै परे प्रचण्ड
काठमाडौं । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति एवम् नवनिर्वाचित प्रदेश सभाका सदस्य रोज राणाले सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग भेट गरेर निर्वाचनका विषयमा जानकारी गराएका छन् ।
राणाले सभापति देउवालाई बालुवाटारमा भेट गरेर प्यूठानको निर्वाचनका विषयमा जानकारी गराएका हुन् । देउवाले राणासँग प्यूठानमा के कति कारणले गठबन्धनका दुई जना उम्मेदवाहरू पराजित भएका हुन् भनेर प्रश्न गरेका थिए ।
जवाफमा राणाले गठबन्धनका उम्मेदवारहरू जिताउन सक्दो भूमिका खेले पनि केही आन्तारिक कारणले पराजित हुनु परेको बिफ्रिङ गरेका छन् ।
देउवाले राणालाई प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा शुभकामना र बधाइ दिँदै पराजयको कारण समीक्षा गर्न निर्देशन दिएका छन् ।
राणाले प्यूठानमा क–कसले गठबन्धन हराउन भूमिका खेलेको हो सो विषयमा बालुवाटारलाई राम्रोसँग जानकारी रहेको बताए ।
भेटमा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलको पनि उपस्थिति रहेको थियो । पौडेलले निर्वाचनमा आफ्नो पराजयका विषयमा देउवासँग सबै कुरा राखेकी छिन् ।
राणाले प्यूठानमा करीव ३१ वर्षपछि जितेर कांग्रेसको चारतारे झण्डा फहराएका छन् । राणाको जित प्यूठानमा ऐतिहाँसिक मानिएको छ ।
यसैबीच, राणाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट गरेका छन् । भेटमा प्रचण्डले गठबन्धनका दुई जना उम्मेदवार पराजय हुनुको कारण सोधेका थिए ।
प्रचण्डसँगको भेटको स्मरण सुनाउँदै राणाले भने, ‘तपाईको उमेर त निकै सानो पो रहेछ । मलाई त सबैले रोज राणाले हार्छ भन्थे । गठबन्धनका अरु दुई उम्मेदवार हार्दा तपाईले जितेर पो आउनुभयो । बधाइ छ । राम्रो गर्नु होला मेरो सहयोग सधैँ रहनेछ ।’
प्रचण्डले राणालाई ‘तपाई त निकै लोकप्रिय हुनुहुँदो रहेछ’ भनेर प्रशंसा गरेका थिए । प्रचण्डले राणालाई कुनै पनि समस्या पर्दा आफूले गर्ने सहयोग सधैँ दिने आश्वासन दिएका छन् ।
यसबीच, राणाले उप–सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा.प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खान, केन्द्रीय सदस्य आरजु राणालगायतका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया