पाँच वर्ष कम्युनिस्ट विद्यासुन्दरले गर्न नसकेको काम बालेनले चुट्कीको भरमा गरिदिए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले तत्कालीन एमालेका मेयर विद्यासुन्दर शाक्यले गर्न नगरेको कामलाई अगाडि बढाएका छन् ।
शुक्रबार मेयर शाहले सूचना जारी गर्न लगाएर काठमाडौं महानगरपालिकाभित्र कसैले पनि आन्दोलन गर्ने क्रममा क्षति भएमा क्षतिपूर्ति तिर्नुपर्ने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा आन्दोलनकारीलेनै क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाभित्र आन्दोलन गर्दा कुनै पनि सार्वजिक सम्पत्तिको नोक्सान वा क्षति भए सोही पार्टी/समूहले तिर्नुपर्ने चेतावनी दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई दिएको जनाएको छ ।
मुलुकी देवानीसंहिता २०७४ ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पतिको संरक्षण गर्ने दायित्व स्थानीय तह समेतको हुने कानूनी व्यवस्था भएको महानगरपालिकाले भनेको छ ।
एमालेबाट जितेका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कुनै पनि गतिलो काम गर्न सकेनन् । सधैँ झुठको खेती गरेर शाक्यको कार्यकाल समाप्त भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया