प्रधानमन्त्री देउवा र अध्यक्ष राउतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री बालुवाटारस्थित नवासमा देउवा र अध्यक्ष राउतबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का र नेता विमलेन्द्र निधिको उपस्थिति रहेको थियो ।

देउवाले राउतलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् ।

‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’, कांग्रेस नेता निधिले भनेका छन् ।

Published : Thursday, 2022 December 1, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया