स्याङजामा धनराज गुरुङले एमालेकी पदमा अर्याललाई उछुने

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले स्याङ्जा २ मा अग्रता लिएका छन् ।

बिहीबार बिहान ९ बजेको पछिल्लो नतिजाअनुसार कांग्रेसका गुरुङले एमालेकी उम्मेदवार पदमा अर्याललाई उछुनेका हुन् ।

यसअघि अर्यालले अग्रता लिएकी थिइन् । अर्याललाई पछाडि पार्दै कांग्रेसका गुरुङले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतको अन्तरले पछि पारेका छन् ।

कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याएका छन् । एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छिन् ।

Published : Thursday, 2022 December 1, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया