एआईजी लोहनीले लामो समयपछि पाए न्याय, आईजीपी सिंहको प्रशंसनीय कार्य

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको सरुवा भएको छ ।

बुधबार गृह मन्त्रालयले एआईजी लोहनीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा काज सरुवा गरेको हो ।

एआईजी लोहनी प्रहरीभित्र निकै सक्षम र अब्बल मानिन्छन् । आईजीपी धिरतप्रताप सिंहले एआईजी लोहनीको कार्यक्षमताको उच्च मूल्यांकन गर्दै उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन् । आईजीपी सिंहले एआईजी लोहनीलाई न्याय दिएका छन् ।

एआईजी लोहनीलाई विगतमा विभिन्न विषयमा दुःख दिने हर्कत भएका थिए । तैपनि लोहनीले कहिल्यै हिम्मत हारेनन् । ढिलै भएपनि एआईजी लोहनीले न्याय पाउन थालेका छन् ।

२०७९ कात्तिक २४ गते एआईजी रविन्द्रबहादुर धानुकले अवकाश पाएपछि उपत्यका प्रहरी कार्यालयमा प्रमुखको पद खाली थियो ।

एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा हेर्दै आएको छ ।

नेपाल प्रहरीमा अहिले ४ वटा एआईजीको दरबन्दी रिक्त छ । गृह मन्त्रालयले एआईजीको बढुवा गर्ने तयारी गरिरहेको छ ।

Published : Wednesday, 2022 November 30, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया