सरकार बनाउने विषयमा निधि र राउतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग राजनीतिक कुराकानी गरेका छन् ।

बुधबार बिहान जनकपुरमा निधि र राउतबीच कुराकानी भएको हो । उनीहरूका बीच मधेश प्रदेशमा सरकार बनाउनेबारेमा कुराकानी भएको छ ।

मधेश प्रदेशमा कुनै एक दलको बहुमत आएको छैन । मधेस प्रदेशमा मिलिजुली सरकारका लागि कांग्रेस नेता निधिले सम्वाद थालेका छन् ।

मधेश प्रदेशमा सरकार गठनका लागि जनमत पार्टी निर्णायक मानिएको छ ।

मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिट छ । त्यसमध्ये एमालेले १५ सिट, १३ कांग्रेस, ९ जसपा, लोसपा ७ , माओवादी केन्द्र ४, जनमत पार्टीले ६ र स्वतन्त्रले ६ सिट जितेका छन् ।

जनमत पार्टीले पाउने समानुपातिक मतमा पनि मधेश प्रदेशमा मधेश केन्द्रित दलभन्दा एमाले कांग्रेसलाई बढी मत परेको मतपरिणामले देखाएको छ ।

Published : Wednesday, 2022 November 30, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया