मतगणना गर्न कांग्रेसको दवाव, एमालेको हनुमान नबन्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले स्थगित भएको स्याङजा र बझाङको मतगणना सुरु गर्न माग गरेको छ ।
कांग्रेसले मंगलबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गरेर स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न आग्रह गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, स्याङ्जा २ मा उम्मेदवार रहेका उप–सभापति धनराज गुरूङ र केन्द्रीय सदस्य प्रदीप पौडेल आयोग पुगेर आयुक्तहरूसँग छलफल गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न आयोगको ध्यानाकर्षण गरिएको बताएका छन् ।
उनले मतगणना नगरेर आयोगले कमजोरी देखाएको बताएका छन् । स्याङ्जामा कांग्रेसले बुथ कब्जा गरेको एमालेको आरोप छ । विवादका कारण मतगणना हुन सकेको छैन ।
बाजुरामा पनि कांग्रेस र एमालेले एकअर्कालाई १७ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् । त्यहाँ पनि मतगणना सुरू हुन सकेको छैन ।
निर्वाचन आयोगले एमालेप्रति सहानुभूति देखाएर मतगणना नगरेको आरोप कांग्रेसको छ । कांग्रेसका कार्यकर्ताले आयोगलाई एमालेको दास र हनुमान नबन्न चेतावनी दिँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया