कमल–राजेन्द्रको संगत गरेका ओलीले प्रधानमन्त्री बन्न यस्तो उत्पात मच्चाए, कम्युनिस्टको नाक भाँचे
काठमाडौं । कमल थापा र राजेन्द्र लिङ्देनसँग चुनावमा गठबन्धन गरेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले स्वस्ति शान्ति बाचन गराएर प्रधानमन्त्री बन्न पूजा गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार ओली स्वस्ति शान्ति गराएका हुन् । एमालेको भ्रातृ संगठन ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च;ले स्वस्ति शान्ति वाचन गराएको छ ।
पण्डित वृहङगमराज तिमल्सिनाले एमालेका अध्यक्ष ओलीको स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका छन् ।
मन्त्रोच्चारणपछि तिमल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिएका छन् ।
तिमल्सिनाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका छन् ।
तिमल्सिनाले भनेका छन्, ‘केपी शर्मा ओली नेपाल देशस्च सुख, शान्ति, समृद्धि, दीर्घायु, शक्तिशाली नेतृत्व दियते प्रधानमन्त्री भवः भवः ।’
महासचिव शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ लगायतका एमालेका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
तत्कालीन समयमा झण्डै दुईतिहाईको बहुमत भएका बेला ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्ति शान्ति र ज्योतिषीलाई हात हेराउँदा खिसिट्युरी गरेका थिए । अहिले आएर ओलीले ग्रहशान्ति उतारेका छन् । प्रधानमन्त्री बन्न पार्टी कार्यालयमा स्वस्ति शान्ति गराएर पण्डित तिमल्सिनाको आशीर्षवाद लिएका छन् ।
यसैबीच, ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।
ओलीले एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको बताएका छन् ।
उनले सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको बताएका छन् ।
बाजुरा, दोलखालगायतका जिल्लामा धाँधली भएको ओलीले बताएका छन् ।
कम्युनिस्टले धर्मलाई अफिम भन्ने गरेका छन् । हिन्दू धर्मको कम्युनिस्टले विरोध गर्ने गरेका छन् । ओलीले पार्टी कार्यालयभित्रै हिन्दू धर्म भित्र्याएपछि चर्चा भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया