देउवा–दाहालबीच भेटवार्ता, एमालेको टाउको दुःख थाल्यो
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
शनिबार बालुवाटारमा देउवा र दाहालबीच समसामयिक राजनीतिक विषयमा परामर्श भएको बुझिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मतपरिणाम सर्वाजनिक हुने क्रममा रहेका बेला देउवा र दाहालबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
प्रतिनिधि सभातर्फ कांग्रेस पहिलो दलका रुपमा आएको छ । दोस्रोमा एमाले तथा तेस्रोमा माओवादी केन्द्रले स्थान बनाएको छ ।
भावी सरकारको नेतृत्व र प्रधानमन्त्रीका विषयमा के–कसरी लिने भनेर तयारी भइरहेका बेला देउवाले दाहालसँग परामर्श गरेका छन् ।
देउवा र दाहालको भेटवार्ता तथा परामर्शका विषय एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाबको विषय बनेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया